नागरिक पोष्ट News


विवाह होस् त यस्तो - ३ सयमै विहे सकियो : मह जोडी साक्षी

4.5K

विवाह होस् त यस्तो:

दुलाहाको नाम : उत्तम सञ्जेल

दुलाहाको  काम : शिक्षा सेवा (जम्मा रु. १०० /– मा नर्सरीदेखि नर्ससम्म पढाउने समता शिक्षा अभियानका अभियन्ता ।

नेपालका ७७ जिल्लालगायत भारत, श्रीलंका, बंगालदेश गरेर करिब ६५ हजार गरिब बिद्यार्थीलाई सहज शिक्षा अभियान चलाई रहनु भएका व्यक्तित्व।) 

दुलहीको नाम : कला अधिकारी

दुलहीको काम : बिरामीको सेवा (जम्मा रु. १००/– मा उपचार गरिने समता अस्पतालमा हेल्थ असिस्टेन्टको रुपमा कार्यरत ।)

विवाहस्थल : गुहेश्वरी मन्दिर परिसर

जन्ती संख्या : जम्मा १० जना (मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, उपेन्द्र महतो, गुणराज लुईंटेल, प्रतीक प्रधान, मनोज गजुरेल, सिताराम कट्टेल ।)

विवाहको गर्दा लागेको

समय : ५ मिनेट

भोज : एक किलो लड्डु

(sponsored by मह जोडी)

विवाहका बिशेषता : –परिवारका मान्छेहरु बोलाउँदा लेनदेनको कुरोपनि आउने भएकाले आपसी सहमतीमा वैवाहिक समारोहमा सहभागी नगराईएको ।

–दुलही पक्षले विवाहमा गर्न चाहेको खर्चलाई समता अस्पतालमा उपचार गरि औषधी समेत किन्न नसक्नेहरुलाई सहयोग गर्ने जानकारी ।

–दाईजोको रुपमा सिङ्गै छोरी नै पाएको हुनाले दुलाहा पक्षले ससुराली पक्षलाई आभार व्यक्त गर्दै दाईजोको विकृतिलाई व्यवहारबाटै विरोध गर्ने ।

विवाहमा भएको जम्माजम्मी खर्च यस प्रकार रहेका छ:

सिन्दुर – रु. २५ /– मात्र

पोते – रु. ७५ /– मात्र

माला (२ थान)– रु. २००/– मात्र

जम्मा खर्च– रु. ३००/– मात्र

सोच्नुहोस्: जब विहे यति कम रकममै गर्न सकिन्छ भने लाखौंलाख रुपैंयाँ किन फजुल खर्च गर्नु ??? विवाहमा लाग्ने लाखौं खर्चले अरु पनि धेरै काम गर्न सकिन्छ ।

Source:  kalimati voice FB Page

Must View