नागरिक पोष्ट News


BIMSTEC 2018 Held : चौथो बिमस्टेक शिखर सम्मेलन सम्पन्न, १८ बुँदे काठमाडौं घोषणापत्र जारी

4.1K

१८ बुँदे बिमस्टेक घोषणापत्र जारी गर्दै बहुक्षेत्रीय प्राविधिक तथा आर्थिकसहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको चौथो शिखर सम्मेलन सकिएको छ ।

व्यापार, लगानी र उर्जा सहकार्यका विस्तारका विषयमा एक जुट हुनुपर्ने लगायतका १८ बुँदे विषयमा समझदारी जुटाउँदै चौथो बिमस्टेक सम्मेलन सकिएको हो । यस्तै, सदस्य राष्ट्रका विदेश सचिवहरुको १९ औं बैठकले तयार पारेको विद्युत् लाइन प्रसारणको अन्तरदेशीय मार्ग ‘बिमस्टेक ग्रिड इन्टरकनेक्सन’ को समझदारीपत्रमा सरकार प्रमुखको उपस्थितिमा सदस्य राष्ट्रका विदेश मन्त्रीले हस्ताक्षर गरेका थिए । यो सम्झौतासँगै बिम्स्टेक राष्ट्रहरुबीच ऊर्जा आदानप्रदानको बाटो खुलेको छ । यसअघि नेपालले भारत र बंगलादेशसँग विद्युत व्यापार सम्झौता समेत गरेको छ ।

अब नेपालले नेपालमा उत्पादित विद्युत थाइल्याण्डसम्म बेच्न पाउने छ भने थाइल्याण्डसँगै भुटान म्यानमारसँगसमेत विद्युत खरिद गर्न पाउने छ । साथै, सम्मेलनको अन्तिम सत्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंका राष्ट्रपति मैत्रिपाल सिरिसेनालाई बिमस्टेकको अध्यक्षता हस्तान्तरण समेत गरेको छ । सम्मेलनका क्रममा हिमालदेखि समुद्रसम्मलाई जोड्ने विशाल मञ्चका रुपमा बिमस्टेकलाई विकास गर्नुपर्नेमा सात राष्ट्रले एक्यबद्धता समेत जनाएका थिए ।

Must View