नागरिक पोष्ट News


बलत्कार घटनाको डरलाग्दो रिपोर्ट, ५ वर्षमा १ हजार बलात्कारका घटना

3.6K

पछिल्लो कञ्चनपुर, कास्की र मोरङको घटनाका पीडितको उमेर हेरेर भन्न सकिन्छ, कुनै पनि उमेरका महिला सुरक्षित छैनन् । अनलाइनखबर ले  पाँच वर्षमा बलात्कारका घटनामा परेका पीडितहरूको अवस्थालाई सूक्ष्म ढंगले केलाउने प्रयत्न गरेको छ । १० भदौ ०७० देखि ९ भदौ ०७५ सम्मका १००० वटा घट्ना नियाल्दा समाज साँच्चै विद्रुप बन्दै गएको देखिन्छ । समान्यतयाः विश्वासै गर्न नसक्ने घटनाहरु फेला परेका छन् ।

आफन्त, विरामी, अपाङ्गता भएका, गर्भवती, दूधे शिशुदेखि हजुरआमासम्म यो अपराधको शिकार भएका छन् । नेपाल प्रहरीले संकलन गरेको तथ्यमा आधारित अध्ययनमा समेटिएका एक हजार घटनाका १०३४ पीडितमध्ये ६० प्रतिशत १५ वर्षभन्दा कम उमेरका छन् । त्यसमा पनि सबैभन्दा बढी ११-१५ वर्ष बीचका छन् । त्यो उमेर समूहका पीडित २६७ जना छन् ।

दोस्रो बढी पीडितको उमेर समूह हो, ६-१० वर्ष । उनीहरूको संख्या २३८ छ ।  वार्षिक तथ्यांक हेर्दा ०७० र ०७३ सालमा यो उमेर समूह सबैभन्दा बढी पीडित बनेका थिए । (हे. ग्राफिक्स) पाँच वर्ष नपुग्दै यस्तो घीनलाग्दो अपराधको शिकार भएका अवोधहरूको संख्या ११५ छ ।

Image result for rape report in nepal

पाँच महिनादेखि ९२ वर्षका पीडित

१६-२० वर्षका पीडितहरू १५० जना छन् । उमेरको ग्राफ बढ्दै जाँदा पीडितको संख्या कम हुँदै गएको देखिन्छ । (हे. ग्राफिक्स) तर समग्र घटनाहरू हेर्दा यसबीचमा एउटा सम्य नागरिकले कल्पनासमेत गर्न नसक्ने खालका अमानवीय घटना भएका छन् ।

१० भदौ ०७३ मा दाङको गढवा इलाका प्रहरी कार्यालयले ५४ वर्षीय शिवकुमार कहारलाई पक्राउ गर्‍यो । भारत, उत्तर प्रदेशको बलरामपुर, बगौलीका कहारमाथि बेला-२, कटबेरुवा बस्ने पाँच महिनाको एक शिशुलाई बलात्कार प्रयास गरेको आरोप छ ।  कवाड मालसामानका व्यापारी उनलाई एक परिचितकै शिशु छोरीलाई यस्तो अपराध गरेको प्रहरीको भनाई छ ।  एक वर्ष, १३ महिना, १७ महिना, २३ महिनाका दूधे शिशुमाथि यौनदुर्व्यवहार भएको घटनामा विभिन्न जिल्लाबाट एक दर्जनभन्दा बढीलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाडौंको तार्केश्वर नगरपालिका-१, कुन्तिपखलका २८ वर्षीय कृष्ण तामाङलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गर्‍यो । २८ फागुन ०७४ मा पक्राउ परेका तामाङमाथि ९२ वर्षीया महिलालाई जवरजस्ती करणी गरेको अभियोग छ । यसअघि ०७३ मा साल्मे-९, नुवाकोटमा, ७८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो । त्यस्तै बैजापुर-९ बाँकेमा ७२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा २५ वर्षीय अर्जुन पुन पक्राउ परे । कतिपय पीडकहरूको उमेर पनि विश्वासै नलाग्ने खालका छन् । 

Image result for rape report in nepal

यस्तै, ५ माघ ०७४ मा चन्द्रागिरी-१३, नैकापका ३५ वर्षीय रमेश केसी ८ वर्षीय बालक र बनेपा-२, देवीटारका फुर्वा लामा ३ वर्षीय बालकलाई मलद्वारमा जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका थिए ।

पुरुषमाथि पुरुषले सामुहिक बलात्कार गरेको उजुरीसमेत प्रहरीमा दर्ता भएको छ । नाङलिवाङ-९, पर्वतका पुजन गिरी, सञ्जय गिरी, नारायण कसी, रोसन केसी र अर्जुन केसीलाई १५ वर्षीय किशोरलाई सामूहिक बलात्कार गरेको भन्दै प्रहरीले पक्राउ गरेको थियो । पीडितलाई आफ्ना दाजुले बाग्लुङ अंचल अस्पतालमा लगेर उपचार गराएका थिए ।

गत २५ बैशाखमा चन्द्रनिगाहपुर-२, रौतहटका ३६ वर्षीय राजु परियार र २५ वर्षीय भरत मानन्धरमाथि बलात्कारको आरोप छ । यो घटनाका पीडित मध्येका एक तेस्रो लिंगी भएको प्रहरीले जनाएको छ । आरोपीहरू काठमाडौं, चन्द्रागिरीबाट पक्राउ परेका हुन ।

यी घटनाहरूमा २८ देखि ३६ वर्षका महिला प्रतिकार गर्न सफल भएको देखिन्छ । यो उमेर समूहका पीडितको संख्या अन्यको तुलनामा कम छ । यो उमेरका अधिकांश पीडितहरू शारीरिक वा मानसिक अपाङ्गता भएका बढी छन् ।

News Courtstey : Onlinekhabar.com

यो पनि पढ्नुहोस्

महिलालाई सजाय बढी भयो, बैवाहिक बलात्कार उक्साहटमा आयो

धर्मपुत्रीमाथि बलात्कारः हाडनाता करणी नठहरिने अनौठो फैसला !

Must View