नागरिक पोष्ट News


पत्रकारहरुले जेसुकै लेखेपनि दर्ता खारेज नहुने ? रामनारायण विडारी

3.6K

सञ्चार केन्द्र नेपालमा भएको नेपालमा कानुनी अवस्था र नागरीक समाजको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा कानून आफैमा नराम्रो नभएको राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले बताएका छन् ।

नियोजित रुपमा मान्छे मार्ने डाक्टरलाई मात्र कारबाही हुने, मिडियाप्रति राज्यको कुनै पूर्वाग्राही नभएको जनाऊ गर्दै पत्रकारहरुले जेसुकै लेखेपनि दर्ता खारेज नहुने, सामाग्रीहरु जफत नहुने सकारात्मक कुराहरुलाई पनि सञ्चारमाध्यमले सोच्नुपर्ने 

राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले सरकारले हालै संसदमा दर्ता गरेको फौजदारी अपराध संहितासम्बन्धी नयाँ विधेयक खराब नभएको जीकिर गरेका छन् । संसदमा दर्ता गरिएको नयाँ बिधेयक मा केही कमजोरी भए त्यसलाई छलफलबाट सच्चाउन सकिने बताउनुभयो । जनताको सूचनाको हक प्रतिबन्ध लगाउने काम राज्यबाट नहुने ठोकुवा गर्दै गलत काम गर्नेलाई मात्र कानुन निर्माण गरिएको बताउनुभयो ।  उहाँले मिडियाप्रति राज्यको कुनै पूर्वाग्राही नभएको जनाऊ गर्दै पत्रकारहरुले जेसुकै लेखेपनि दर्ता खारेज नहुने, सामाग्रीहरु जफत नहुने सकारात्मक कुराहरुलाई पनि सञ्चारमाध्यमले सोच्नुपर्ने बताउनुभयो ।

Must View