नागरिक पोष्ट News


कानुन खराब काम गर्नेलाई हो - रामनारायण विडारी, समाचार हामीले लेख्न नपाउने ? - विष्णु प्रसाई

5.2K
नेपालमा कानुनी अवस्था र नागरिक समाजको भुमिका अन्तरक्रिया कार्यक्रम सम्पन्न

सञ्चार केन्द्र नेपालमा भएको नेपालमा कानुनी अवस्था र नागरीक समाजको भुमिका विषयक अन्तरक्रिया कार्यक्रममा कानून आफैमा नराम्रो नभएको विज्ञहरुले बताएका छन् ।

‘मन्त्रीले नै गोली पड्काउँछन्, बलात्कार गर्छन् तर त्यस्ता समाचार हामीले लेख्न नपाउने ? वरिष्ठ पत्रकार विष्णु प्रसाईंले  कञ्चनपुरको घटनाको पछिल्लो अबस्था उल्लेख गर्दै सरकार नै अपराधीको पक्षपोषण गर्ने भएको  बताउनुभयो । ’कञ्चनपुरको घटनामा प्रधानमन्त्री, गृहमन्त्रीलगायत मौन रहनु राज्य नभएको अनुभूति जनताले महशुस गरिरहेको पनि उहाँको तर्क छ ।

कानुन खराब काम गर्नेलाई हो  - विडारी

 राष्ट्रियसभाका सदस्य रामनारायण विडारीले सरकारले हालै संसदमा दर्ता गरेको फौजदारी अपराध संहितासम्बन्धी नयाँ विधेयक खराब नभएको जीकिर गरेका छन् । संसदमा दर्ता गरिएको नयाँ बिधेयक मा केही कमजोरी भए त्यसलाई छलफलबाट सच्चाउन सकिने बताउनुभयो । जनताको सूचनाको हक प्रतिबन्ध लगाउने काम राज्यबाट नहुने ठोकुवा गर्दै गलत काम गर्नेलाई मात्र कानुन निर्माण गरिएको बताउनुभयो ।  उहाँले मिडियाप्रति राज्यको कुनै पूर्वाग्राही नभएको जनाऊ गर्दै पत्रकारहरुले जेसुकै लेखेपनि दर्ता खारेज नहुने, सामाग्रीहरु जफत नहुने सकारात्मक कुराहरुलाई पनि सञ्चारमाध्यमले सोच्नुपर्ने बताउनुभयो । 

विडारीले पछिल्लो समय मुलुकमा विभिन्न खाले विकृत्तिहरु रहेकाले त्यस्ता विकृत्तिहरुलाई नियन्त्रण गर्नकै लागि १० वर्षदेखि छलफल र अध्ययन गरि अपराध संहिता ल्याइएको बताउनुभयो । उहाँले नेपालमा स्वास्थ्य क्षेत्रमा पनि असल काम गर्नेलाई कारबाही नहुने जिकिर गर्दै नियोजित रुपमा मान्छे मार्ने डाक्टरलाई मात्र कारबाही हुने बताउनुभयो । ‘रिसिइबी भएका मान्छेलाई इन्जेक्सन र ट्याबलेट खुवाएर मार्ने, अप्रेसन गर्दा कैँची पेटभित्रै छाड्ने डाक्टरलाई कारबाही हुनुपर्छ’ उहाँको तर्क थियो । 

कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य गोविन्द चौलागाईंले नेपालमा नयाँ बन्दै गरेक काननुलाई सबैले अपनत्व गर्न सक्ने कानुन निर्माण हुनुपर्ने कुरा बताउँदै समाजलाई सुशासनतर्फ उन्मुख गराउने कानुन आजको आवश्यकता रहेको कुरा बताउनुभयो । 

त्यसैगरी नागरिक समाजका अगुवा भोजराज तिमल्सिनाले कार्यक्रममा सम्बोधन गर्दै सर्बोच्च अदालतले दिएको निर्देशनको पालना नहुनु दुर्भाग्य भएको बताउँदै हजारौं संघ संस्थाको अनुगमन गर्ने निकाय समाज कल्याण परिषद्को सदस्यसचिव भट्टलाई परिषद्भित्र बसेर सहजताका साथ काम गर्ने वातावरण मिलाउन सरकारसँग माग गर्नुभयो ।

त्यसैगरी उपभोक्तावादी नेता रञ्जन खनालले राज्य अराजकतातर्फ जान नहुने बताउँदै नागरिकले कानुन कार्यान्वयन भई सुशासनको अनुभूति गर्न पाउनुपर्नेमा जोड दिनुभयो । 

त्यसैगरी पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका प्राविधिक सल्लाहकार अलि अख्तर मिकरानीले अपराधको स्रोत नै पत्ता लगाई त्यसलाई निस्तेज बनाउने ढँगले अगाडि बढ्नुपर्ने बताउँदै कानुन समय सापेक्ष बन्दै जाने हुनाले सभ्य समाज निर्माणमा बन्ने कानुनतर्फ सबैले सहयोग गर्नुपर्ने कुरा बताउनुभयो । पत्रकार महासंघका काठमाडौ शाखाका अध्यक्ष शन्तराम विडारीले भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐन २०७४ ले विश्वले मान्यता दिएको प्रेस स्वतन्त्रतालाई अंकुश लगाएको भन्दै त्यसको विरुद्धमा नेपाल पत्रकार महासंघले कडा आन्दोलनको कार्यक्रम अगाडि सार्ने भएको बताउनुभएको छ ।  कार्यक्रममा प्रशासनिक पत्रकार मञ्चका अध्यक्ष सागर पण्डित लगायतका वक्ताहरुले बोल्नुभएको थियो ।  

 

Must View