जोर बिजोर नियम कसलाई लाग्दैन ? भदौ १३, १४ र १५ गते
काठमाडौं। चौथो बिमस्टेक सम्मेलनका लागि काठमाडौं उपत्यकामा जोर बिजोर सवारी लागु भएको छ । ट्राफिक प्रहरी महाशाखाले विदेशी विशिष्ट अतिथि तथा प्रतिनिधिहरूको आवागमनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउन भदौ १३, १४ र १५ गते ३ दिन उपत्यकामा संचालन हुने सम्पुर्ण निजी र भाडाका सवारी साधनहरुलाई जोर बिजोर प्रणाली अनुसार संचालन गरिने जनाएको छ ।
यी अवस्थामा भने जोर बिजोर प्रणाली लागु हुने छैन
–बिमस्टेक कार्यक्रममा जाने निमन्त्रणा भएका सवारी साधनहरुलाई –तथा परराष्ट्र र बिमस्टेकमा खटिएका कर्मचारीहरुलाई –सांसदका सवारी साधनहरु (परिचय पत्र हेरेर) –अत्यावश्यक सेवा, अति आवश्यक कार्य (बिरामी, विद्यार्थीको परीक्षा, एयरपोर्ट टिकट भएका)हरुलाई –कुटनितिक नियोगका सवारी साधनहरु –सूचना विभागबाट प्रेस पास लिएका पत्रकारहरुलाई । –बिहान ६ बजेअघि र राति १० बजेपछि सम्पुर्ण सवारी साधनहरू