नागरिक पोष्ट News


भदौ १४ र १५ गते उपत्यकाका विद्यालय विदा, १३ गतेदेखि सवारीमा जोर विजोर प्रणाली लागू

2.4K
पत्रकारका लागि जोर विजोर प्रणाली लागू  नहुने

सरकारले काठमाडौंमा विमस्टेक सम्मेलन हुने दिन भदौ १४ र १५ गते विद्यालयहरुमा विदा दिएको छ । विमस्टेक बैठकलाई लक्षित गरी शिक्षा मन्त्रालयले काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा विद्यालयमा विदा दिने निर्णय गरेको हो ।

विमस्टेक सम्मेलनका लागि विदेशी पाहुनाको आवागमन सहज बनाउन विद्यालय विदा दिने निर्णय गरेको हो । उपत्यकाको सवारी आवागमन सहज बनाउन सरकारले भदौ १३ गतेदेखि तीन दिनसम्म सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

जोर विजोर प्रणाली लागू हुने तीनै दिन राति १० बजेदेखि विहान ६ बजेसम्म चल्ने गाडीमा भने जोर विजोर प्रणाली लागू नहुने निर्णय गरेको छ ।

त्यस्तै, विमस्टेक सम्मेलनमा खटिने र अामन्त्रित पाहुनाहरू, हवार्इ सेवामार्फत राजधानी बाहिर जाने यात्रु, अत्यावश्यक सवारी साधन र सूचना विभागको परिचय पत्र भएका पत्रकारका लागि पनि यो नियम लागू नहुने जनाइएको छ ।

Must View