नागरिक पोष्ट News


पेट्रोलको मूल्य १४४ रुपैयाँ प्रति लिटरसम्म पुग्ने अनुमान

3K

भारतमा पेट्रोलियम पद्धार्थको मूल्य वृद्धि हुन सक्ने विज्ञहरुले बताएका छन् । उनीहरुले पेट्रोल प्रति लिटर ९० भारुसम्म पुग्ने अनुमान गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

अन्तर्राष्ट्रिय बजारबाट भारतमा आयत हुने वस्तुको मूल्य बढेकाले त्यसको प्रभाव पेट्रोलियम पद्धार्थमा पनि पर्न थालेको विज्ञहरुको भनाई छ । 

मुम्बैमा सोमबार पेट्रोलको मूल्य प्रति लिटर ८५ दशमलव २० भारु पुगेको छ । उता दिल्लीम ७७ दशमलव ७८ भारु प्रतिलिटर भएको छ । दिल्लीमा सोमबार डिजलको मूल्य १५ पैँसाका दरले बढेको छ ।

यो मूल्य वृद्धिपछि त्यहाँ डिजलको मूल्य ६९ दशमलव ४७ भारु पुगेको छ । 

कोलकोत्तामा डिजलको मुल्य ७२ रुपैयाँ ३१ पैँशा छ भने चेन्नईमा ७३ रुपैयाँ३८ पैँसा छ । दिल्लीको मूल्य हालसम्मकै उच्च भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

डलरको तुलनामा भारु कमजोर हुँदै गएकाले पेट्रोलियम पद्धार्थको मूल्य बढेको बताइएको छ । भारु कमजोर भएकाले अन्तर्राष्ट्रिय बजारमा यसको नकारात्मक प्रभाव परेको बताइएको छ ।

भारतमा पेट्रोलियम पद्धार्थको मूल्य बढेकाले त्यसको प्रभाव नेपालमा पनि पर्न सक्ने बताइएको छ । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारसँग सन्तुलन राखेर मूल्य समायोजन गर्दै आएको छ ।

डलरको तुलनामा भारु कमजोर हुँदा नेपाली मुद्रा पनि स्वतः कमजो हुन्छ । भारुसँग नेपाली मुद्राको स्थिर दर कायम भएकाले नेपाली मुद्राको मूल्य भारुका आधारमा तय हुन्छ । 

Must View