कञ्चनपुरमा गोली काण्ड :सांसद्हरुकै सामुन्ने प्रधानमन्त्री ओलीलाई प्रचण्डको फोन कल गएपछि
तेह्र वर्षीया निर्मला पन्तको हत्याको छानबिनमा कञ्चनपुरमा जारी प्रदर्शनमा २०७५ भाद्र ८ गते शुक्रबार प्रहरीको गोलीबाट अर्को १३ वर्षे बालक चेतनको मृत्य भएको छ ।
गोली चलेको खबर पाए लगतै कैलाली र कञ्चनपुरका सांसदहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेका छन् । घटना भएको क्षेत्र कञ्चनपुर-३ का प्रतिनिधिसभा सदस्य दीपकप्रकाश भट्टका साथै सांसदहरु लेखराज भट्ट, नरबहादुर धामी खुमलटारस्थित प्रचण्ड निवास पुगेका हुन् । ।
उनीहरुले कञ्चनपुर घटनालाई सरकारले गम्भीर रुपमा लिनु पर्ने बताएका थिए । लगतै प्रचण्डले पार्टीका सांसद्हरुकै सामुन्ने प्रधानमन्त्री ओलीलाई फोन गरे, जतिवेला मन्त्रिपरिषद् बैठक चलिरहेको थियो । एक सांसद्का अनुसार प्रचण्डले कञ्चनपुर घटना गम्भीर भएकाले उच्चस्तरीय छानबिन समिति बनाउन आग्रह गरे ।
यो पनि पढ्नुस्
कञ्चनपुरमा नेकपाका नेता भीम रावलविरुद्ध प्रदर्शन
निर्मला पन्त हत्याबारे वास्तविकता लुकाइएको स्थानीयको अारोप
निर्मला बलात्कार प्रकरणका मुख्य अभियुक्त २५ दिनपछि पक्राउ
भिनाजु मारेर ९ वर्ष जेल बसेका दिलिपबाट निर्मलाको हत्या
निर्मला हत्या प्रकरणः ३० बढीसँग सोधपुछ तर, भेटिएन अभियुक्त
निर्मला बलात्कार प्रकरणः कञ्चनपुर तनावग्रस्त, प्रहरीद्वारा अश्रुग्यास प्रहार
कञ्चनपुरमा आन्दोलन चर्कियो, प्रहरीको गोली लागेर ४ जना घाइते
आन्दोलन उग्र बनेपछि कञ्चनपुरमा कर्फ्यु आदेश जारी
कञ्चनपुर प्रहरी प्रमुखले भने – घटना नयाँ शिराबाट अनुसन्धान गर्ने स्थिति अाउन सक्छ