नागरिक पोष्ट News


२५ वर्षीय आयुष खरेल अमेरिकाको योजना आयोग सदस्यमा

3.3K

२५ बर्षिय आयुष खरेल अमेरिकाको हे-मार्केट शहरको योजना आयोग सदस्यमा मनोनित भएका छन् । खरेल १२ वर्षको उमेरमा अमेरिका आएका हुन् । नेपाल पाल्पा तानसेन घर भएका खरेल भर्जिनियाको मनासस शहर नजिक रहेको हे-मार्केट शहरमा आफ्ना मातापिता साथ बस्दछन ।

१३ वर्षअघि अमेरिका आएका नेपाली मूलका युवा आयुष खरेल हे-मार्केट शहरको योजना आयोगमा सदस्यमा छानिएपछि स्थानीय हे-मार्केट विकास निर्माण र योजनाका बारेमा स्थानीय जनताको हितमा काम गर्ने खरेलले बताएका छन् ।

अमेरिकामा राजनीति गर्न चाहनेहरुका लागि यो योजना आयोग निकै महत्वपूर्ण मानिन्छ।

खरेलले स्थानीय तहमा बसेर गरेको कामलाई अमेरिकी समुदायले स्वीकार गर्दै थप जिम्मेबारी दिएकोले दत्तचित्तका साथ आफूले थप काम गर्ने बताए।

अमेरिकामा यस्तो योजना आयोग सदस्यका लागि प्रारम्भिक चरणमा निवेदन दिएर अन्तर्वार्ता दिएर उतीर्ण हुनु पर्छ । उक्त चरण उतीर्ण गरे पछि स्थानीय जनतासँग विभिन्न चरणमा सार्वजनिक सुनुवाइ पारित भएपछि गरिने सिफारिसलाई आधार मानेर नगर प्रमुखले नियुक्ति गर्ने प्रकृया छ।

आयुष खरेलले उच्च बिद्यालय (हाईस्कुल) उतीर्ण भर्जिनिया अमेरिका बाट नै गरेका हुन् । खरेलले  पूर्वस्नातक (अन्डरग्राजुएट)गरेका छन् भने हाल उनी एमाजोनमा साइबर(अन्तर्जाल) सुरक्षामा काम गर्दछन् ।

नेपाली मूलका मधु पन्थी नगर परिषद् सदस्य रहेको उक्त पद रिक्त भएपछि उक्त पदको लागि १५ जनाको निवेदन मध्ये आयुष खरेल छानिएका हुन् ।

आयुष समाजसेवी तिलक खरेल तथा अमेरिका नेपाल सहयोगी समाज (एएनएचएस) कि अध्यक्ष कमला खरेल का सुपुत्र हुन् ।

Must View