८.२ म्याग्निच्युटको शक्तिशाली भुकम्प गयो
4.2K
फिजीमा ८.२ म्याग्निच्युटको शक्तिशाली भुकम्प गएको छ । भूकम्पको तीव्रता ८ दशमलव २ म्याग्निच्युट रेकर्ड भएको अमेरिकी भूगर्भ विभागले जनाएको छ ।
फिजीको पूर्वी लेभुका भन्ने स्थानलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको क्षतिको विवरण आइसकेको छैन । शक्तिशाली भूकम्प गए पनि सुनामीको खतरा भने छैन किनकी जमिनको सतहभन्दा ५५९ किलोमिटर गहिराइमा भूकम्प गएको छ ।