बलात्कारीलाई फाँसीको माग : पेटीकोट लगाएर माइतीघरमा महिला अधिकारकर्मीको प्रदर्शन
बलात्कारीलाई कडा सजायँ हुनुपर्ने माग गर्दै शनिबार काठमाडौंको माइतीघरमा महिलाहरुले अर्धनग्न लगाएर प्रदर्शन गरेका छन् । प्रदर्शनकारीमाथि प्रहरीले हस्तक्षेप गरेर केहीलाई पक्राउ गरेको छ । पेटीकोट लगाएर प्रदर्शन गर्नेहरुमा युवतीका साथै तेस्रो लिंगी र पुरुषसमेत थिए । प्रदर्शनकारीमाथि प्रहरीले तितरवितर पारेर केहीलाई पक्राऊ गरी अनामनगरस्थित प्रहरी कार्यालयको हिरासतमा राखेको छ । देशमा बढिरहेको हत्या हिंसा र बलत्कारका घटनाहरुको विरोध गर्दै प्रदर्शनकारीहरुले प्ले कार्डसहित शान्तिपूर्ण प्रदर्शन गरेका थिए । अर्थनग्न प्रदर्शन भनिए पनि कालो रंगको पेटिकोटले शरीरको लगभग पूरै भाग छोपिएको थियो । तर, प्रहरीले उनीहरुलाई समेत छाडेन । प्रदर्शनस्थलबाट प्रहरीले अनामनगर शावित्री सुवेदी जयनारी अभियानकी शावित्री सुवेदीका रिया भण्डारी लगायतलाई पक्राउ गरेको छ । साथै तेस्रो लिंगी सन्ध्या लामालाई पनि प्रहरीले पक्राउ गरेको छ ।