नागरिक पोष्ट News


भक्तपुरको चागुनारायणमा  हेलिकप्टरबाट पुष्पवृष्टि गराई नाग तथा माहादेवको भव्य पूजा अर्जना

7.7K

यस वर्षको नागपञ्चमी २०७५ साल साउन ३१ गते विहिवार विहान  भक्तपुरको चागुनारायणमा  हेलिकप्टरबाट पुष्पवृष्टि गराई भव्य नाग तथा माहादेवको पूजा अर्जना गरी भव्यताका साथ मनाइयो । सो अवसरमा शिव तान्त्रिक गुरु बुद्धि कुमारज्युको अगुवाइमा बाल कुमारी मन्दिर ललितपुरमा ११ हजार भन्दा बढि भक्तजनहरू भेला भइ ब्यवस्थित बसहरूबाट भक्तपुरको चागुनारायण ८स्थित कलमसिमा निर्माणाधिन १०८ फिट अग्लो कल्पेश्र्वर माहादेवमा पुगि हेलिकप्टरबाट पुष्पवृष्टि समेत गरिएको थियो ।

पूजापछि  भक्तजनहरुलाई शिव तान्त्रिक गुरु बुद्धि कुमारज्युबाट प्रसाद ग्रहण गराईएको थियो । सो अवसरमा जिसका अध्यक्षको प्रमुख आतिथ्यमा अन्य अतिथिहरू रामकृष्ण कर्मचार्य, महेश जंग कुवंर राजन थापा लगायतका अन्य गन्यमान्य व्यक्तित्वहरूमाझ भव्य र सब्यढंगबाट नृत्य गाजाबाजा सहित मायाको चिनो र संमान पत्र वितरण गरि शिवतान्त्रिक गुरूको मर्मस्पर्सि मन्तब्यसहित कार्यक्रम समापन गरिएको थियो।

कार्यक्रमको केही झलकहरू

Must View