नागरिक पोष्ट News


हार्दिक श्रद्धाञ्जली ! अलविदा अटल बिहारी बाजपेयी !! १९२४ - २०१८, निष्कलंक राजनीतिक र उच्च छवि

5.1K
६ दशकको निष्कलंक राजनीतिक र उच्च छवि 

भारतका पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयीले भनेका थिए, ‘सरकारहरु आउँछन्-जान्छन्, पार्टीहरु बन्छन्-बिग्रन्छन् तर, देशको लोकतन्त्र सँधै जिँउदो हुनुपर्छ । भारतमा लोकतन्त्र अमर हुनुपर्छ ।’ 

करिब ६ दशकको राजनीतिक जीवनमा उनको छवि सँधै निष्कलंक रहृयो । अटल बिहारी वाजपेयी राजनीतिक इमान्दारिता, सदाचार, वाकपटुता र मानिसको मनमा स्थान बनाउने कलाको एक अनौठो उदाहरण हुन् । 

राजनीतिको मैदानमा वाजपेयी त्यसै भएका थिएनन् ‘अटल’

१९९० को दशकको अन्तिम वर्ष र नयाँ शताब्दीको सुरुवाती वर्षहरुमा देशको नेतृत्व गरेका अटलले विकास र सुशासनलाई राजनीतिक एजेण्डा मात्रै बनाएनन् । यस्तो मानक स्थापित गरे, जसले उनी पछिका हरेक राजनेतालाई त्यसैअनुसार चल्न बाध्य बनायो ।

मानिसहरु आज अटलकै कारण अनुशासन र विकासलाई मुख्य मुद्दा मानेर भोट हालिरहेका छन् ।

१९९६ को लोकसभा निर्वाचनमा सबैभन्दा ठूलो दलको रुपमा भाजपा उदायो र अटल देशको प्रधानमन्त्री बने । यो सरकार धेरै दिन टिक्न त पाएन किनभने भाजपासँग बहुमतको लागि आवश्यक सांसद थिएन । सरकारसँग विश्वासको मत मागिँदा अटलले जोडदार भाषण गरे, जसमा उनले भने, ‘म भ्रष्टाचारलाई चिम्टाले पनि छुन चाहँदिन ।’

अटलले एकपटक फेरि १९९८ देखि सन् २००४ सम्म सरकारको नेतृत्व गरे । २००२ मा गृहमन्त्री लालकृष्ण आडवाडीलाई देशको उपप्रधानमन्त्री बनाए । तत्कालीन भाजपा अध्यक्ष बेन्केया नायडुले एक कार्यक्रममा अटललाई विकास पुरुष र लालकृष्ण आडबाडीलाई लौहपुरुषको संज्ञा दिएका थिए ।

प्रतिबन्धको दबावमा आएनन्

अटलको छ वर्षको कार्यकालले भारतीय राजनीतिको दिशा नै बदल्यो । अटल बिहारी वाजपेयीले सबैभन्दा पहिले एक स्थिर सरकार दिए, जुन त्यस समयको पहिलो आवश्यकता थियो ।

Must View