ईन्काउन्टर के हो ? सजिलै छुट्टिन्छ, फेक ईन्काउन्टर : श्यामध्वज कार्की, फरेन्सिक वैज्ञानिक
नेपालको पहिलो फरेन्सिक वैज्ञानिक श्यामध्वज कार्की भन्छन्, ईन्काउन्टर ‘हैन त्यो रहस्यमै रहँदैन । यो विधि विज्ञानसँग सम्बन्धित कुरा हो । अपराधका प्राविधिक पाटोहरुलाई सुल्झाउन विधि विज्ञानलाई प्रयोग गरिन्छ । विधि विज्ञान बन्दुक, किर्तेहरुमा, फिङ्गगरप्रिन्ट, हस्तलिखित परीक्षामा, ड्रग परीक्षणमा, साईबर क्राईममा आकर्षण हुन्छ । कुनै एउटा गाडिले अर्को गाडिलाई हानेर गएको खण्डमा समेत कुन स्पिडमा हान्यो सबैको अध्ययन हुन्छ ।’
ईन्काउन्टर र फेक ईन्काउन्टर सजिलै छुट्टिन्छ, के भन्छ विधि विज्ञान ?-Hamrakura.com
तर, नेपालमा फरेन्सिक साईन्स र फरेन्सिक मेडिसिनलाई कन्फ्यूज पारीएको कार्कीले बताएका छन् । फरेन्सिक साईन्सबारे अहिले कलेजहरुमा पढाई भएपनि मेडिसिनका मान्छेहरुले पढाईरहेको दृष्टान्त उनले सुनाए । यो अलग विषय भएकाले मेडिसिनका मान्छेहरुले पढाउन मिल्दैन भन्छन् उनी । व्यालेष्टिकसँग सम्बन्धित विषय मेडिसिनको मान्छेले पढाउँछन् भन्ने वित्तिकै अनुसन्धान कहाँ होला आफै अनुमान गर्न सकिन्छ, उनले भने, ‘जहाँ विभिन्न डिएनएको अध्ययन, परीक्षण गर्नु पर्ने हुन्छ । यो भिन्दै विषय हो ।’ उनका अनुसार गन क्राईम भनेको व्यालेष्टिकको एउटा अंग हो ।
उनले भनेका छन्, ‘सबैभन्दा पहिले क्राईम सिन हेर्नु पर्छ, सुरुमा त्यो क्षेत्रलाई घेराबन्दी गरिन्छ । जहाँ अन्य मान्छेहरुको चलखेल नहोस् । अन्य मान्छेहरु सम्पर्कमा आउँदा प्रमाणहरु नष्ट हुन सक्छन् । ईन्काउन्टर हो वा होईन भन्दा पनि यो मान्छे कसरी मारियो भन्ने कुरा क्राईम सिन हेर्ने वित्तिकै भन्न सकिन्छ । तर, त्यहाँ अनुसन्धान अधिकारीको ईमान्दारिता देखिनु पर्दछ । सबैभन्दा पहिले फिजिकल कुराहरु हेरिन्छ । उसले लगाएको लुगाहरु, गोली लाग्दा उसको पोजिसन कस्तो छ, लड्दा कस्तो पोजिसन छ । सबै कुरा हेरेर मात्रै निक्र्योल हुन्छ ।’
ईन्काउन्टर भन्नलाई बेसिस केही चाहिँदैन ? ईन्काउन्टर भन्नलाई बेसिस चाहिन्छ, उनी भन्छन्, ‘सबै भन्दा पहिलो क्राईमसिन प्रिजर्ब गर्नु पर्दछ । क्राइम सिनले एउटा निक्र्योल निकाल्दिन्छ । वैज्ञानिक परीक्षण गरेर सरकारी वकिलबाट मुद्दा दायर गर्ने हो ।’ उनले अगाडि भने, ‘एउटा जंगलमा प्रहरीले पछ्याउँदै जाँदा प्रहरीले दुई अपहरणकारीलाई मारेको भन्ने कुरा आउँछ । अनि ईन्काउन्टर भनिन्छ । ईन्कान्टर भनेको दुवैले एक अर्कालाई मार्न गरेको प्रयास हो । पहिलो कुरा पोजिसन हो । १९ राउण्ड गोली चलाईएको छ । एउटालाई ७–८ वटा गोली लागेको छ । गोली लाग्दा मान्छे छट्पटिएको हुनु पर्दछ । घटना हुँदा र पछि पानी परेको थियो जस्तो लाग्छ ।’
उनले थपे, ‘उसको हातमा रहेको गन फायर गरे नगरेको कुरा आउनु पर्दथ्यो । हामीले दूरी पनि हेर्छौँ । प्रहरीले पछ्याउँदै जाँदा भिक्टिम र सुटरहरुबीच दूरी हुन्छ । केही न केही दूरी त हुन्छ । अनि भाग्दाखेरी गोली चलाउँछ । टाढाबाट गोली चलाउँदा गोली छिरेको ठाउँमा बारुद र कार्बनका सुटहरु हामी भेट्दैनौँ । कम हुन्छ । अर्को कुरा नजिकबाट हानेको छ भने, त्यहाँ कार्बनहरु प्रशस्त भेटिन्छ । नयाँ–नयाँ गोलीहरुमा एन्टीमनी, विस्मत भन्ने तत्वहरु हुन्छ । त्यो आधारमा हामी भन्न सक्छौँ यसलाई नजिकबाट हानिएको थियो र टाढाबाट हानिएको थियो भनेर ।’
भाग्दा मान्छे जहिले अगाडितिर भागेको हुन्छ । पछाडि फर्किनलाई या त उसले गोलि हान्न पोसिजन लिनु पर्ने हुन्छ । उनले भनेका छन्, ‘गोलीले शरीरको दुई ठाउँमा प्वाल बनाउँछ । एउटा प्रवेश गरेको ठाउँमा, त्यहाँ सानो प्वाल हुन्छ । र, अर्को बाहिर निस्केको ठाउँमा । जहाँ ठूलो प्वाल हुन्छ । टाढाबाट हानिएका केही गोलीको बाहिर प्वालै हुँदैन । गोली भित्रै हुन्छ । त्यसैले हामी के हेर्छौँ भने मारिएको मान्छेको शरीरको कपडामा बारुदको रेसिडियो कति छ ? कत्रो प्वाल पारेको छ भन्ने कुराले के प्रमाणति गर्छ भने यो यति दुरीबाट हानिएको हो । र, यति नजिकबाट प्रहार गरिएको हो भन्ने छुट्टिन्छ । क्राईमसिनको अध्ययन गर्दा सबै कुरा प्रष्ट हुन्छ । तर, घेरेको ठाउँमा कसैको चलखेल भयो र प्रहरीले नै सबै कुरा मेटायो भने कसैको केही लाग्दैन ।’