नागरिक पोष्ट News


२०७५ भदौ १ गतेदेखि मुलुकी ऐन यस्तो छ, सबैको जानकारीका लागि सेयर गरौँ

8.7K

मुलुकी ऐनलाई प्रतिस्थापन गर्न बनेका पाँचवटै संहिता भदौ १ गतेदेखि कार्यान्वयनमा आउँदै छ ।  

वि.सं. १९१० मा जङ्गबहादुर राणाले बनाएको १६३ महलको ऐन दर्जनौपटक संशोधन हुँदै २०२० भदौ १ गतेदेखि मुलुकी ऐनको रुपमा लागू भयो । त्यो कानून लागू भएको ५४ वर्षपछि मुलुकी अपराध (संहिता) ऐन, मुलुकी देवानी (संहिता) ऐन, मुलुकी फौजदारी कायएविधि (संहिता) ऐन र मुलुकी देवानी (कायएविधि) संहिता ऐन भदौ १ गतेदेखि लागू हुनेगरी मुलुकी ऐनलाई प्रतिस्थापन गर्दै छ । भदौ १ गतेदेखि लागू हुन लागेको नयाँ ऐनले साविक मुलुकी ऐन र केही विशेष ऐनका अधिकांश प्रावधानलाई संहिताबद्ध गरेको छ ।

यसबाहेक अलग्गै फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ पनि अस्तित्वमा आएको छ । यो नेपालको फौजदारी कानुनी इतिहासमा नवीन प्रयोगको रुपमा लिइएको छ । अहिले प्रतिस्थापन ऐनका रुपमा आउन लागेको यो संहितामा पहिले पनि अपराध भनेर उल्लेख गरेका सबै अपराधलाई समेटेको छ भने केही नयाँ विषयलाई पनि अपराधको रुपमा समेटेको प्रवक्ता रेग्मीले बताउनुभयो । यो ऐनलाई तल अपलोड गरिएको छ । आफुले पढेपछि सेयर गरिदिनुहोला ।

 

Must View