नागरिक पोष्ट News


नुवाकोटका अनन्तराम केसीको ९० घण्टा लामो भाषण गरेर विश्व किर्तिमानी राख्ने तयारी यस्तो छ

7.7K

विश्वले चिन्नेछ नेपालीलाई” नाराका साथ आगामी भदौ ११ गते नेपालको योगसाधक अनन्तराम केसीले सबैभन्दा लामो समयसम्म प्रवचन दिएर नयाँ कीर्तिमान कायम गर्न लागेका छन्।

 नुवाकोटको शिवपुरी गाँउपालीका वडा नं १ मा जन्मिएका अनन्तराम केसीले अघिल्लो वर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाएको भए पनि प्राविधिक समस्याका कारण त्यसलाई प्रमाणिकरण गरिएको थिएन । यसपटक न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने केसीले बताएका छन् ।विश्व कीर्तिमान कायम गर्न अहिले अनन्तराम र सो अभियानलाई सहयोग गर्ने विभिन्न संघसंस्था तथा व्यक्तिहरु अभियानलाइ सफल बनाउन  जुटिरहेका छन् ।  

 

 बोलेर विश्व कीर्तिमान कायम हुँदै (भिडियोसहित)

उक्त कार्यक्रम सम्पन्न गर्न २५ दखि ३० लाख रुपैयाँ लाग्ने र यो रकम सहयोग संकलन गरेर पूरा गर्ने लक्ष्य सहित आयोजक न्यू माइण्डस् एकेडेमीले विभिन्न स्थानमा अन्तरक्रिया कार्यक्रमहरु आयोजना गर्दै आर्थिक सहयोग बटुल्दै आएको छ ।त्यसैको  निरन्तरता स्वरुप न्यु माइन्ड्स एकेडेमी आर्थिक सहयोग संकलन समितिले श्रावण २६ गते शनिबार ओएसीस क्याफे बसुन्धरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

न्यू माइण्ड्स एकेडेमीका अध्यक्ष तथा अभियानका संयोजक कुमारराज सुवेदीको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. महतले अनन्तरामको अभियानलाई आफ्नो व्यक्तिगत र संस्थागत रुपमा साथ दिने प्रतिबद्धता जनाउनुभयो ।

त्यस्तै काठमाडौं महानगपालिकाका उपमेयर हरिप्रभा खड्गीले महानगबाट सहयोग जुटाइने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै टोखा नगपालिकाका प्रमुख प्रकाश अधिकारीले आफू र नगरपालिकाको तर्फबाट सहयोगको प्रतिबद्धताा जनाउनुभयो ।

कार्यक्रममा नेपाली कांग्रेसका नेता जगदिश्वर नसिंह केसीले ७५ हजार रुपैयाँको सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो भने नेपाली कांग्रेस नुवाकोटका विभिन्न तहका नेताहरुले सहयोग गर्नुभएको थियो ।

Image result for anataram kc

नुवाकोटको शिवपुरी गाँउपालीका वडा नं १ मा जन्मिएका अनन्तराम केसीले अघिल्लो वर्ष लगातार ८० घण्टा ४ मिनेट भाषण गरी विश्व कीर्तिमान बनाएको भए पनि प्राविधिक समस्याका कारण त्यसलाई प्रमाणिकरण गरिएको थिएन ।

यसपटक न्यूनतम ८० घण्टा र बढीमा १०० घण्टासम्म लगातार बोल्ने केसीले बताउनुभएको छ । यसपटक गिनीज वुक अफ वल्डको कार्यालय बेलायतबाटै प्रतिनिधि झिकाएर नाम लेखाउने तयारी भैरहेको छ ।

शिक्षण पेशा छोडेर मनोशक्तिको अभ्यास र खोज तथा अनुसन्धानमा लागेर त्यसको तालिम समेत दिने गर्नुभएका केसीले यसपटक नयाँ विश्व कीर्तिमान कायम गर्न दृढता व्यक्त गर्नुभएको छ ।

Must View