नागरिक पोष्ट News


सचेत रहनुहोस् ! ३ दिनको मौसम नेपालभर यस्तो हुनेछ, भीषण वर्षा हुने मौसमविद्ले भनाई

4.6K

देशभरीकै मौसम सामान्यतया बदली भइ धेरै ठाउँमा पानी पर्ने अनुमान जल तथा मौसम पूर्वानुमान महाशाखाले गरेको छ । श्रावण २५ गते (शुक्रबार) बेलुकीदेखि भारी वर्षा हुने मौसमविद्ले अनुमान गरेका छन् । नेपालमा पानी पार्ने मनसुनी न्यूनचापीय रेखा नेपालभन्दा केही तल झरेपछि बुधबार र बिहीबार थोरै मात्रामा वर्षा भएको थियो ।

दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ। शुक्रबार दिउँसो पश्चिमी क्षेत्रका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ भने शुक्रबार राति पश्चिमका केहि स्थानहरुमा तथा पुर्व र मध्यका एक वा दुई स्थानमा भारि बर्षाको सम्भावना रहेको छ। शुक्रबार राती पश्चिमी पहाडी क्षेत्रका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ ।

  • श्रावण २५ गते (शुक्रबार) दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ। शुक्रबार दिउँसो पश्चिमी क्षेत्रका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना देखिन्छ भने शुक्रबार राति पश्चिमका केहि स्थानहरुमा तथा पुर्व र मध्यका एक-दुई स्थानमा भारि बर्षाको सम्भावना रहेको छ। शुक्रबार राती पश्चिमी पहाडी क्षेत्रका एक वा दुई स्थानहरुमा अति भारी वर्षाको पनि सम्भावना रहेको छ।
  • श्रावण २६ गते (शनिबार) देशका दिउँसो र राति देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ । शनिबार राति पश्चिमका केही स्थानहरुमा र पुर्व र मध्यका एक वा दुई स्थानमा भारि बर्षाको सम्भावना रहेको छ।
  • श्रावण २७ गते (आइतबार) देशभर सामान्य देखी पूर्ण बदली रही दिउँसो केही स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ भने पश्चिमका केही स्थानहरुमा स्थानमा भारि बर्षाको सम्भावना रहेको छ। आइतबार राति पनि देशभर सामान्य देखि पूर्ण बदली रही देशका धेरै स्थानहरूमा हल्का देखि मध्यम खालको वर्षा हुने सम्भावना छ। आइतबार राती पश्चिमका केही स्थानहरुमा भारि बर्षाको पनि सम्भावना रहेको छ।

Must View