नागरिक पोष्ट News


 युवा रोजगारी तथा उद्यमशीलता सम्बन्धि राष्ट्रिय कार्यशाला २०७५ सम्पन्न

6.7K

राष्ट्रिय युवा गैसस संस्था महासंघ तथा सेसी वालुवाटार काठमाण्डौंको सहयोगमा काठमाण्डौंमा सम्पन्न भएको छ ।राष्ट्रिय युवा गैसस संस्था महासंघ का महासचिव तथा कार्यक्रम सञ्चालक दिपक कार्कीले आजको समयमा यस्तो कार्यक्रमको अति महत्व भएकोले यस्तो कार्यक्रम गरेको बताए ।  कार्यक्रमको उद्घाटन माधव प्रसाद ढुगेंल प्रमुख अतिथिले गमलाको बोटमा पानी हाली गरे त्यसै गरी विशिष्ट अतिथि कर्ण शाक्य ले आफ्नो जिवनका प्रेरक भनाई हरु राख्दै युवा उद्यमशीलता बन्न सोच चाहिने बताए । त्यस्तै उनले आफ्नो जिवनको भोगाई सुनाउदै युवा वर्गलाई नेपालमा सम्भावना भएको र यही केही गर्नु पर्ने बताउदै विचारको विउँ रोपेमा उद्यमशीलता बन्न समस्या हेर्ने आँख र विचार चाहिने बताउनु भयो। 

नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सह सचिव कृष्ण ज्ञवाली , नेपाल सरकार कृर्षि भुमि सुधार तथा सहकारी मन्त्रालय का उप सचिव शंकर सापकोटा , उप सचिव नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय महेन्द्र पौडेल ,डा. विष्णु प्रसाद गौतम कार्यकारी निर्देशक युवा स्वरोजगार तथा साना व्यवसायी कोष ,डा. प्रभु बुढाथोकी राष्ट्यि योजना आयोग पुर्व सदस्य तथा महासघका सल्लाहाकार, सिताराम भट्ट कन्ट्री डाइरेक्टर सेसी नेपाल डां. घनश्याम गुरुड. कन्ट्री डाइरेक्टर धधा ल्भउब िश्रषिकेश तिवारी सोसियल आन्टरप्युनियर त्यस्तै कार्यक्रममा विभिन्न युवा वर्गहरु साथै अन्य विभिन्न सघंसस्था एनजिव तथा आइएनजिव र पत्रकारहरुको उपस्थीती रहेको थियो । सवैले युवाको भूमिका विषयमा आ आफ्ना महत्वपूर्ण भनाइहरु राखेका थिए । 

 

Must View