नागरिक पोष्ट News


पूर्णचन्द्र थापाको सैन्य यात्रा : २०३६ सालमा अधिकृत क्याडेटबाट २०७५ मा प्रधानसेनापतिसम्म

19.3K

 नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षत्रीले सेनाका बलाधिकृतरथी पूर्णचन्द्र थापालाई प्रधानसेनापतिमा सिफारीस गरेका छन् । सरकारले थापालाई २०७ भदौ २४ गतेबाट लागु हुने गरी प्रधानसेनापतिमा नियुक्त गर्ने भएको छ । 

नेपाली सेनाको प्रधानसेनापतिमा नियुक्त गरिएका थापा नेपाली सेनाभित्रका अब्बल सैनिक अधिकारीका रुपमा चिनिन्छन् । प्रधानसेनापतिको दौडमा सम्भावित एक्ला दाबेदारजस्तै थापा सैनिक करियरमा जति अब्बल र कूशल कहलिएका छन्, वास्तविक जीवनमा उत्तिकै सरल, मिजासिलो र तार्किक मानिन्छन् ।

थापा नेपाली सैनिक अधिकृतहरुमा यस्ता काबिल अधिकृत हुन् जसले नेपाली सेनाका महत्वपूर्ण मानिने सबै कार्यलय तथा विभागहरुको नेतृत्व गरेका छन् । अधिकृतहरुको वृत्ति विकासमा काम गर्ने सैनिक सचिव विभाग, नेपाली सेनाका भुुपु तथा वहालवाला सैनिकहरुको हित र कल्याणका लागि काम गर्ने सैनिक कल्याणकारी कोष, कार्यरथी विभाग, प्रवन्ध तथा सम्भार रथीको कार्यलय, शान्ति सेना सञ्चालन निर्देशनालय, बाहिनी, पृतना, बलाध्यक्षको कार्यलय, बलाधिकृतको कार्यलयलगायतका नेपाली सेनाभित्रका सबैजसो महत्वपूर्ण र गहन जिम्मेवारी बोकेका कार्यलय तथा विभागहरुको नेतृत्व उनले कुशलतापूर्वक सम्हालेका थिए ।

नेपाली सैनिक अधिकृतहरुले विरलै अवसर पाउने राष्ट्रसंघीय शान्ति मिसनको फोर्स कमाण्डरमा विश्वस्तरीय परीक्षामा छनोट भएका थापासंग एक वर्ष सिरियामा फोर्स कमाण्डरका रुपमा समेत काम गरेको अनुभव समेत छ । नेपाली सेनाको २ सय ५५ वर्ष लामो इतिहासमा आधा दर्जन उच्च सैनिक अधिकृतले मात्र त्यो विशिष्ट अवसर पाएका छन् ।

सैन्य विरासतबाट प्रधानसेनापति कामु प्रधान सेनापति पूर्णचन्द्र थापाको जन्म वि.सं २०१७ साल भाद्र २५ गते गाउं शहर–८, लम्जुङमा सामान्य परिवारमा भएको हो । थापा पनि पारिवारिक विरासत पछ्याउंर्दै २०३६ सालमा अधिकृत क्याडेटका रुपमा नेपाली सेनामा भर्ना भएका थिए । २०३७ साल मंसिर २७ मा उनी गोरख बहादुर गणमा सहायक सेनानी दर्जामा नियुक्त भए ।

३६ वर्ष लामो सैनिक सेवाको दौरान थापाले विभिन्न तहमा विविध कमाण्ड तथा स्टाफ नियुक्तिहरु सम्हाल्नुका साथै देश तथा विदेशमा थुप्रै तालिम, सेमिनार एवं अभ्यासहरुमा सहभागी अनुभव संगाल्ने अवसर पाएका छन् । उनले सेनानी दर्जामा अनाश्रित गुल्म श्री श्रीजंग गुल्मको कमाण्ड गर्नुको साथै जंगी अड्डामा स्टाफ अधिकृत र सैनिक शिक्षालयमा शिक्षक तथा डाईरेक्टिङ्ग स्टाफको जिम्मेवारी समेत सम्हालेका छन् ।

वि.सं. २०६९ साल जेष्ठ ०२ गते उपरथी दर्जामा पदोन्नती भएका थापा कार्यरथी विभागमा नियुक्त भएका थिए । तत्पश्चात उनले उपत्यका पृतनाको कमाण्ड सम्हाले भने त्यसपछि जंगी अड्डास्थित सम्भार रथी विभागमा समेत काम गरे । संयुक्त राष्ट्रसंघमा पटक—पटक गरी विभिन्न नियुक्तिमा सेवा गर्दै विविध अनुभव सम्हाल्ने अवसर पनि उनले पाएका छन् । सन् १९८६ मा उनले लेवनानस्थित संयुक्त राष्ट्रसंघको युनिफिल मिसनमा सेमुपति र सोही मिशनमा १९८९ मा अपरेशन डिउटी अधिकृतको जिम्मेवारीमा रहेर काम गरे । 

Must View