नागरिक पोष्ट News


MBBS अन्तिम वर्ष पढ्दै गरेका सौरभ उप्रेतीको रहस्यमय मृत्यु, हत्या भएको परिवारको दाबी

11.8K

विराटनगरस्थित नोबेल मेडिकल कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी सौरभ उप्रेतीको रहस्यमय मृत्यु भएको छ । २०७५ साउन १६ गते सुतेकै अवस्थामा कोठामै उनलाई एकाएक मृत अवस्था भेटिएपछि सौरभका आफन्तले उनले आत्महत्या नगरेको दाबी गर्दै उनको हत्या भएको बताएका छन् । 

पिडितका आफन्तले  राजधानीस्थित सञ्चारकेन्द्र नेपालमा एक पत्रकार सम्मेलन आयोजना गरि मृतकको शरीरमा निलडाम देखिएको, घाँटीमा ल्यापटपको तार बेरिएकोे, नाक, कान, मुखबाट रगत बगेको र १ बजेसम्म सँगै अध्ययन गरि सुतेको साथीले समेत थाहा नपाएको बयान दिनुलगायतका कारणले गर्दा उनको हत्या भएको दाबी गर्दै घटनाको सत्यतथ्य छानविन गर्न उनका आफन्तजनले माग गरेका छन् ।

यसैबीच कार्यक्रममा मृतककी बहिनी सोनु उप्रेतीले भावुक हुँदै आफ्नो दाजुको आत्महत्या नभई हत्या भएकाले दोषीलाई कारबाही हुनुपर्ने माग राखिन् । उनले आफ्नो दाजुको मृत्युको कारण पत्ता नलालेसम्म समवेदना समेत नदिने जनाउँदै यस घटनाको विषयमा कलेजले चासो नराख्नु दुःखद भएको बताइन् ।

यसैगरी मृतककी आमा गोपिनी सापकोटा(उप्रेती)ले एक न्यायपत्रमार्फत सौरभ जेहेन्दार मेहनती भएका कारण सँधै छात्रबृत्तिमा अध्ययन गर्ने विद्यार्थी भएको बताईन् । उनले २०६६ सालको एसएससी परिक्षामा ९३ प्रतिशत अंक ल्याएका थिए । सौरभले प्लस टुमा पनि छात्रबृत्तिमा अध्ययन गरेका थिए । त्यसैगरी एमविविएस अध्ययनका लागि नोबेल मेडिकल कलेज विराटनगरमा छात्रबृत्तिमा पढ्ने अवसर मिलेको भएपनि अध्ययनको अन्त्यतिर रहस्यमय मृत्युको खबरले आफ्नो परिवार ठुलो शोकमा डुबेको बताए ।

यसबीच, सत्य तथ्य सहित यथासिघ्र घटनाको वास्तविकता सार्वजनिक गर्न सम्बन्धित निकायललाई सम्बन्धित कलेज, प्रहरी प्रसाशन हस्पिटललाई पटक पटक मौखिक अनुरोध गर्दा पनि ढिला भएकोले दवाव दिन आवस्यक भएको भन्दै श्रीकृष्ण प्रणामी सेवा समिति नेपालले समेत भत्र्सना गरेको छ ।

Must View