नागरिक पोष्ट News


निशान अपहरणकारीको इन्काउन्टर रहस्य खुल्यो, यसरी भएको थियो इन्काउन्टर

5.6K
इनकाउन्टरमा परेका निशानको अपहरणकारीहरु डेराबाट पक्राउ परेको घरबेटीको दाबी

प्रहरी इनकाउन्टरमा मृत्यु भएका दुई अपहरणकारीहरु डेराबाट पक्राउ परेको तिनका घरबेटीले दाबी गरेका छन् ।  घरबेटी श्याम लबटले पनि उनीहरुलाई डेराबाट पक्रेर प्रहरीले पिट्दै नियन्त्रणमा लिएको बताएका छन् । लबटले भनेका छन्– ‘पछि एकदम पिटे क्या उनीहरुले । अनि मैले लेडिजलाई सोधें– के हो म्याम ?  हिजो बच्चा अपहरणको केश छ, त्यही भएर आएको भनिन् । धेरै पिट्यो क्या ।’ प्रहरीको गोली लागी मृत्यु भएका गोपाल तामाङलाई मुख्य अपराधी भनिए पनि अर्का अजय तामाङ पनि अपहरणकारी नै हुन् या मतियार मात्रै हुन् भन्ने खुल्नै नपाई प्रमाण नष्ट भएको छ ।

निशान अपहरण /हत्या, शंकाको घेरामा इन्काउन्टर

निशान खड्काको हत्या? फिरौती नै हो अपहरणको कारण?

निशानलाई अपहरण गरी हत्या गर्ने गोपाल तामाङ र अजय तामाङ प्रहरीको इन्काउन्टरमा मारिएका छन्। काठमाडौं उपत्यकाभित्र घटेको यति ठूलो घटनाको तथ्यहरु यतिमै सीमित रहे। अभियुक्तहरु नै मारिएपछि अब यस घटनाको अनुसन्धान अगाडि नबढ्ने निश्चित छ।

योसँगै घटनाको वास्तविकता के थियो, ४० लाख तिर्ने हैसियत नै नभएको खड्का परिवारसँग त्यत्रो ‘डिमान्ड’ के आधारमा गरिएको थियो, के फिरौतीकै लागि बच्चा अपहरण गरिएको थियो वा नियत अर्कै थियो ? यी सबै रहस्यकै गर्भमा रहने छन्।

‘बालकको शव भेटेपछि अपहरणकारीलाई खोज्दै जाँदा पाइलट बाबा आश्रम जाने बाटोको जंगलमा उनिहरु लुकेको थाहा पायौं। त्यहाँ हामी पुग्दा आक्रमणको प्रयास भयो। त्यसपछि हामीबाट भएको जवाफी कारबाहीमा उनीहरु मारिए’, अप्रेसनको कमान्ड गरेको महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंह भन्छन्।

अपराधीले केही पैसाको लोभमा कसरी ११ वर्षीय बालकको हत्या गर्न सकेका होलान् ?

Must View