नागरिक पोष्ट News


निशान खड्काकोे अपहरणपछि हत्या, ईन्काउन्टरमा २ अपहरणकारी यसरी मारिए

3K

तस्वीर : फेसबुकबाट

राजधानी काठमाडौको काँडाघारीबाट २०७५ श्रावण २१ गते राती अपहरणमा परेका ११ वर्षका बालक निशान खड्काको हत्या गरिएको छ । निशान को शव भक्तपुरको एक घरबाट बरामद भएको छ । प्रारम्भिक जाँचमा उनको घाँटी थिचेर हत्या गरेको देखिएको प्रहरीले जनाएको छ । 

निशानको खोजी गर्दै गएको प्रहरी टोलीसँग अपहरणकारीको मुठभेड हुँदा २ अपहरणकारी मारिएका छन् । भक्तपुरको सूर्यविनायकको जंगलमा अपहरणकारीले प्रहरीमाथि गोली चलाएपछि प्रहरीले जवाफी कारवाही गर्दा २ अपहरणकारी मारिएका हुन् ।

प्रहरी इन्काउण्टरमा मारिएका अपहरणकारीको शव र घटनास्थल

यता प्रहरीले बालकको हत्यापछि भक्तपुरको सूर्यविनायकमा प्रहरीले अपरहणकारीमाथि गरेको कारबाही ईन्काउन्टर नभएको बताईएको छ । महानगरीय प्रहरी परिसर भक्तपुरका एसपी हिमालय श्रेष्ठले यो ईन्काउटर नभएको बताएका छन् । 

उनले भने, ‘प्रहरीमाथि नै गोली चल्यो । प्रहरीले प्रतिरक्षा कारबाही गरेको हो । प्रहरीले मारेको भन्ने होईन । प्रतिरक्षा कारबाहीमा मरेको भन्नु पर्दछ ।’ मुठभेड भएको ठाउँमा गोलीका १३ वटा खोका भेटिएका छन् । अपहरणकारीबाट कति राउण्ड फायरिङ भयो र प्रहरीबाट कति फायरिङ भयो भन्ने जाँच पड्ताल भईरहेको र मुचुल्का उठाउने काम भईरहेको उनले बताए । 

निशानको अपहरण र हत्या यसरी भएको थियो

दुवै अपहरणकारी बालकका चिनजानकै व्यक्ति हुन् । उनीहरु  आइतबार दिउँसो नै बालकको आमाले चलाउँदै आएको सञ्चालन गर्ने खाजा पसलमा बसेका थिए । साँझ मोबाई किन्ने र घुम्ने बहाना बनाएर उनीहरु बच्चालाई लिएर हिँडेका थिए । 

सिन्धुपाल्चोक ज्यामिरे स्थायी घर भई अहिले काडाँघारीमा आमासँग डेरामा बस्दै आएका  निशानको अपहरपछि, उनीहरुले ४० लाख रुपैयाँ फिरौती मागे ।

निशानका बुबा गणेश खड्का रोजगारीको सिलसिलामा मलेसियामा छन् । निशान कक्षा ६ मा पढ्दै थिए ।निशानकी आमा चमेलीका अनुसार स्कुलबाट आएपछि निशान गोपालसँगै मोबाइल किन्न गएका थिए । पेन्टिङको काम गर्ने उनी निकै समयदेखि चमेलीको पसलमा खाना तथा खाना खाने गर्थे ।

आइतबार पनि उनले वियर खाएर निस्केको र मोबाइल पसलमा छोडेर हिँडेको चमेलीले बताईन् । निशान अबरसम्म नभेटिएपछि सोधीखोजी सुरु भयो । निशानकी आमाले राति ९ बजेतिर आफूलाई फोन आएको र ४० लाख रुपैयाँ फिरौती मागेको बताईन् । छिमेकीको सहयोगमा उनले प्रहरीलाई खबर गरिन् ।  प्रहरीले तत्कालै खोजी थाल्यो । तर, निशान भेटिएनन् ।

सोमबार विहान ठिमीमा निर्माणाधिन घरको जगमा उठाइएको वालसँगैको हिलाम्मे खाल्डोमा गाडिएकाे अवस्थामा भेटिएका निशानको मुखमा कपडा कोचिएको थियो भने खुट्टा सेतो टेपले बाँधिएको थियो । अनुसन्धानमा संलग्न प्रहरीले बालकको रातिनै हत्या गरिएको अनुमान गरेपनि यकिन नभएको बताएका छन् । 

Must View