नागरिक पोष्ट News


‘बादलभित्रको घाम' को नेपाली साहित्य पुरस्कार’ र पाठक पुरस्कारका लागि हार्दिक अपील !

3.9K

 “बादलभित्रको घाम” निबन्ध संग्रहले नचिनेको मान्छेलाई चिनाउनेछ भने देशका यावत् विकृतिको शल्यक्रिया गरेको छ । प्रकृति, ग्राम्यता, आदर्श, भ्रष्टता आदिका कोलाजबिम्ब यी निबन्धमा पाउन सकिन्छ । एक पटक पाठकको दिमाग हल्लाउँछ र सोच्न बाध्य बनाउँछ ।” शमी साहित्य प्रतिष्ठानले  “बादलभित्रको घाम” निबन्ध संग्रहको पाठकीय प्रतिक्रिया खोजिरहेको छ, चाहे स्वदेशमा रहेका हुन् या विदेशमा रहेका ।  प्रतिष्ठानको निम्न उद्देश्यलाई परिपूर्ति गर्न लेखकका तर्फबाट  सबैमा पुस्तक खरिद गरी संस्थाको लक्ष्य पूरा गरिदिनहुन हार्दिक अपील गरेको छ :- १. निबन्धकार डोलिन्द्रप्रसाद शर्माद्वारा लिखित बादलभित्रको घाम पुस्तकको विक्रीबाट प्राप्त रकम अक्षयकोशमा राखी रु. १,००,००० (एक लाख) को ‘बादलभित्रको घाम नेपाली साहित्य पुरस्कार’ को स्थापना गरिनेछ । पुस्तक वा कृतिका नामबाट स्थापना गरिएको नेपाली साहित्यमा यो नै पहिलो पुरस्कार हो । २. बादलभित्रको घाम ११५०० प्रति छापिनेछ र प्रत्येक पुस्तकमा क्रमसंख्या राखी पाठकबाट कुन पुस्तक पढेर प्रतिक्रिया आएको हो भन्ने अभिलेख राखेर गोलाप्रथाबाट तीन जना पाठकलाई रु. २५,०००।— सहित सम्मानपत्रद्वारा सम्मानित गरिनेछ । पाठकलाई पनि सम्मान गर्ने परिपाटीले पहिलो संस्कार बसाल्न पाएकामा प्रतिष्ठानले गौरवको अनुभूति गरेको छ । आउनुहोस् पठनसंस्कृति बढाऔँ । पुस्तक पढौँ र पढाऔँ । स्रष्टालाई मात्र होइन, पाठकलाई पनि सम्मान गरौँ ।

लेखक : Dolindra Pd Sharma “बादलभित्रको घाम” को अभिवादन ।

Must View