नागरिक पोष्ट News


अब कति पाइन्छ पेन्सन ? पेन्सनको नयाँ बिधेयक आउँदै, कर्मचारीको तलबबाट ६ प्रतिशत काटिने

29.5K

 ‘निवृत्तभरण कोष सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५ प्रतिनिधि सभामा दर्ता भएको छ । बिधेयकमा सरकारले कर्मचारीको तलबबाट ६ प्रतिशत काटेर निवृत्तभरण कोष बनाउन प्रस्ताव गरेको छ ।  प्रस्तावित विधेयकअनुसार कर्मचारीलाई पेन्सन लगायतको रकम उपलब्ध गराउन निवृत्तभरण कोष स्थापना गरिनेछ । कर्मचारीबाट जम्मा भएकै रकम बराबर सरकारले पनि बचत गर्नेछ र, कोषमा जम्मा रकमबाट अवकासप्राप्त कर्मचारीलाई पेन्सन दिइनेछ ।

यो ऐन अब भर्ना हुने निजामती कर्मचारीहरुका लागि मात्र हो । पुरानाको हकमा आकषिर्त हुने छैन । 

यो विधेयक पास भएपछि भर्ना हुने कर्मचारी वेतलबी वा असाधारण विदामा रहेको वा निलम्बन भएमा त्यस्तो विदामा रहेको वा निलम्बन भएको अवधिभर कोषमा रकम जम्मा गरिने छैन ।

तर, त्यस्ता कर्मचारीलाई लगाइएको अभियोग प्रमाणित नभई निलम्बन फुकुवा भएमा कार्यालयले उसले पाउने तलब वापतको रकमबाट कट्टा गरी निलम्बनमा रहेको अवधिको रकम एकमुष्ट रकम कोषमा जम्मा गर्नु पर्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

प्रतावित विधेयकअनुसार कोषमा प्रत्येक कर्मचारीको लागि छुट्टै व्यक्तिगत निवृत्तभरण खाता रहनेछ । कोषले मासिक तलबबाट कट्टा भई प्राप्त भएको रकम, नेपाल सरकारबाट थप भएको रकम, त्यसकोे ब्याज र कोषले आर्जन गरेको मुनाफाको तोकिए बमोजिमको रकम कर्मचारीको व्यक्तिगत खातामा जम्मा गर्नेछ ।

पेन्सन कति पाइन्छ  ?

२० वर्ष वा सोभन्दा बढी सेवा अवधि पूरा गरी सेवाबाट अलग भएका कर्मचारीले कोषबाट मासिक रुपमा आजीवन निवृत्तभरण पाउनेछ । जम्मा सेवा वर्षलाई आखिरी तलबको रकमसँग गुणा गरी ५० ले भाग गरेर मासिक पेन्सन निकालिनेछ ।

प्रत्येक तीन वर्षमा यो बढ्नेछ । तीन वर्ष पुरा भएको अर्को महिनादेखि यसअघि पाइने निवृत्तिभरण रकमको १० प्रतिशत थप हुन्छ । सम्बन्धित कर्मचारीको निवृत्तिभरण अवधिमा पाँच पटकसम्म थप हुने व्यवस्था विधेयकमा गरिएको छ ।

२० वर्ष सेवा अवधि पूरा गरेको कुनै कर्मचारीको निवृत्तभरण लिनु अगावै वा निवृत्तिभरण लिएपछि मृत्यु भएमा पति वा पत्नीलाई कर्मचारीले पाउने निवृत्तभरण रकमको पचास प्रतिशत रकम पारिवारिक निवृत्तभरणको रुपमा दिइनेछ ।

 

विधेयक हेर्नुस्

Must View