नागरिक पोष्ट News


IGP Sarbendra Khanal प्रहरीलाई रोलमोडल बनाउने आइजीपी सर्वेन्द्र खनालको अभियान

4.6K

प्रहरी संगठन प्रहरी जस्तो नै हुनुपर्छ। समाजले, नागरिकले चाहेको विश्वसनीय संगठन बन्नुपर्छ भन्ने हाम्रो मान्यता छ। प्रहरी भनेको जनताका लागि विश्वासिलो र भरपर्दाे हुनुपर्छ भन्ने सन्देश सातै प्रदेशमा दिइएको छ।

सबैभन्दा ठूलो कुरा बानी र आचरण सुधार नै हो। यो कुरामा प्रहरी समाजमा रोलमोडल हुनुपर्छ भन्ने हो र बन्छ भन्नेमा म ढुक्क छु। 

प्रहरी पहिला आफू राम्रो भएर रोलमोडलका रुपमा अघि बढ्नुपर्छ। त्यसो गर्दा समाजमा भएका अपराधीहरु तर्सिएर जाने अथवा डराउने अवस्था हुन्छ। साथै, प्रहरीले संगत पनि सुधार गर्नुपर्छ। प्रहरीले गलत संगत छाड्नुपर्छ।

प्रहरीलाई समाजमा 'रोलमोडल' बनाउने अभियानमा छु

- साभार : वराज मैनाली/ Nepallive.com

राम्रो काम गर्दा पुरस्कृत हुने र गलत काम गर्दा कारबाही हुने नीति अवलम्बन गरिएको छ।  प्रहरी दलाल, बिचौलियाबाट टाढा हुनुपर्छ। सबैले प्रहरीको सेवा सहज रुपमा पाउनुपर्छ। सबैलाई समान व्यवहार हुनुपर्छ। भनसुनका आधारमा काम गर्ने प्रवृत्ति अन्त्य हुनुपर्छ। यी कुरालाई स्पष्ट रुपमा भनिएको छ र त्यसअनुसार नपाइएमा कारबाही हुन्छ। - IGP Sarbendra Khanal 

मैले सांगठानिक प्राथमिकताका रुपमा १० बुँदा बनाएर सार्वजनिक समेत गरेको छु। त्यसमा निर्भिकताका साथ, कानुन पालनामा कठोरताका साथ अघि बढ्ने उल्लेख छ। 

कानुुन कार्यान्वायनका लागि पुलिसले खुट्टा कमाउनुपर्दैन भन्ने सन्देश प्रस्टसँग दिइएको छ। प्रहरी चौकी नभएका गाउँपालिका र नगरपालिकामा ३० वटा प्रहरी चौकी थप्ने काम धमाधम भइरहेको छ।

‘ब्यागेज एक्सरे मेसिन’ पनि किनिसक्यौं। विगतमा कुनै पनि कार्यक्रममा सुरक्षा चेक गर्दा झोला खोतल्नुपर्ने अवस्था थियो। अब स्क्रिनिङ गर्न सक्छौं। संगठनलाई साधन-स्रोतले बलियो बनाउने प्रयास भइरहेको छ। यसले प्रहरीलाई पक्कै स्मार्ट बनाउनेछ। मेरो सय दिनमा पक्कै पनि संगठनमा ऊर्जा थपिएको छ र त्यही अनुसार काम भइरहेको छ भन्ने मेरो विश्वास छ।

Must View