श्रमिकको न्यूनतम ज्याला १३ हजार ४ सय ५० रुपैयाँ तोकियो, पारिश्रमिक साउन १ गतेबाट लागू हुने
6.4K
सरकारले रोजगारदाता र ट्रेड युनियनको सहमतिमा श्रमिकको न्यूनतम पारिश्रमिक १३ हजार ४ सय ५० रुपैयाँ निर्धारण गरेको छ । न्यूनतम पारिश्रमिक निर्धारण समितिको सिफारिसमा श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पत्रकार सम्मेलन गरी घोषणा गरेको हो। यो पारिश्रमिक साउन १ गतेबाट लागू गर्ने श्रम मन्त्री गोकर्ण विष्टले बताए।
यस्तै अब दैनिक ज्यालादारीमा काम गर्नेले ५ सय १७ रुपैयाँ र घण्टाका आधारमा काम गर्नेले प्रति घण्टा ६९ रुपैयाँ पाउने भएका छन्।