नागरिक पोष्ट News


अब अनमी, सीएमए फेज आउट, स्टाफ नर्स शिक्षालाई मात्र मान्यता

8.2K

सरकार र डा. गोविन्द केसीबीच भएको नौबुँदे सहमतिअनुसार अनमी, सीएमए लगायतका स्वास्थ्यसम्वन्धी प्राविधिक कार्यक्रम हटाइने भएको छ । ५ वर्षभित्र प्रमाणपत्र तहमुनिका स्वास्थ्यसम्वन्धी प्राविधिक कार्यक्रम फेजआउट गरिनेछ । ‘हाल चालु रहेका कार्यक्रमहरु पनि यो ऐन लागू भएको मितिले पाँचवर्ष भित्रमा क्रमशः फेजआउट गर्दै जाने’ सहमतिमा भनिएको छ ।

चिकित्सा शिक्षा अध्यादेशमा विश्वविद्यालयले कुनै पनि शिक्षण संस्थालाई चिकित्सा शिक्षातर्फ प्रमाणपत्र वा सोभन्दा तल्लो तहका कार्यक्रम गर्न अनुमति नदिने र चालु कार्यक्रमहरुलाई पनि ५ वर्षभित्र फेज आउट गर्ने उल्लेख थियो ।

तर, नयाँ सहमति गर्दा प्रमाणपत्र तह भन्दामुनिका स्वास्थ्यसम्वन्धी प्राविधिक कार्यक्रम नै सञ्चालन नगर्ने काुननी व्यवस्था गर्ने सहमति भएको छ । सहमतिअनुसार ऐन बनेपछि हाल अध्ययनरत विद्यार्थीहरुको पढाइ रोकिने छैन । 

Must View