नागरिक पोष्ट News


जापान सरकारको धेरै कामदार भित्राउने योजना यस्तो : 2019 अप्रिल बाट

4.5K

टोकियो – अधिकांश उद्योगमा भइरहेको श्रमिक अभावको भरपाइ गर्न जापानले आगामी वर्षको अप्रिल महीनाबाट बढी भन्दा बढी विदेशी कर्मचारीलाई काम गर्न अनमति दिने भएको छ । पछिल्लो समय जापानमा कुशल र दक्ष कर्मचारीको सङ्ख्यामा आएको कमी र वृद्ध जनसङ्ख्यामा भइरहेको वृद्घिका कारण अधिकांश उद्योगहरुमा श्रमिकहरुको अभाव भएको पाइएको छ । यसैलाई भरपाइ गर्न सरकारले यस्तो कबदम चाल्न लागेको प्रधानमन्त्री सिञ्जो आवेले बताएका छन् । आवेले विदेशी कर्मचारीलाई जापानमा काम गर्न अनुमोदन दिने योजनलाई प्रभावकारी र तिव्र गतिले अगाडि बढाउन संसदीय सदस्यलाई अनुरोध पनि गरेका छन् । गत वर्ष हरेक सय जना कामदारका लागि १ सय ५० अ‍ोटा रोजगारी खुला रहेको थियो ।

दक्ष विदेशी कर्मचारी ल्याउने यो नयाँ प्रणालीले श्रमिक अभावलाई कम गर्न पक्कै पनि सहयोग गर्ने अनुमान गरिएको छ । श्रमिक अभाव जापानको आर्थिक वृद्घिको बाटोमा एउटा प्रमुख बाधा र ठूलो चुनौतीका रुपमा उभिएको विश्लेषण गरिएको छ । यो प्रस्तावलाई कानून बनाउनु अघि सरकारले कुन चाहिँ उद्योग विदेशी नागरिकलाई जागिर दिन उपयुक्त छ भन्ने कुराको जाँच गर्न भने आवश्यक रहेको पनि बताइएको छ ।

गत महीना संसदमा अुनमोदन भएको योजनाअनुसार सरकारले न्याय मन्त्रालयको अध्यागमन ब्यूरोको पनि पुनर्गठन गर्नेबारे विचार गरिरहेको छ । साथै यसलाई सम्बन्धन प्राप्त संस्थाको रुपमा विकास गर्ने योजना पनि रहेको बताइएके छ । विदेशीहरुलाई सहज वातावरण निर्माण गर्नु महत्वपूर्ण कुरा रहेकोमा आवेले जोड पनि दिएका छन् ।

योजनाअनुसार कामदारलाई नयाँ भिसा स्टेटस पाँच वर्षको लागि दिइने तर उनीहरुले आफ्ना परिवारका सदस्य भने जापान ल्याउन नपाइने नियम बनाइने भएको छ । नयाँ श्रमिकहरुले विशेषगरी साना तथा मझौला आकार कम्पनी र नर्सिङ र कृषि क्षेत्रमाख काम गर्ने अनुमान गरिएको छ । यो भिसा पाउन कौशल परिक्षण र जापानी भाषाको परिक्षा दिनुपर्ने छ । तर जापानमा तीन वर्षभन्दा बढी समयसम्म प्राविधिक प्रशिक्षण लिएकाहरुले भने यो परिक्षा दिइराख्न आवश्यक छैन ।

नर्सिङ, कृषि, निर्माण, होटल र जहाज निर्माण जस्ता क्षेत्रलाई प्रारम्भमा अदक्ष कामदारलाई रोजगारी दिने क्षेत्रका रुपमा राखिने बताइएको थियो । तर नयाँ योजनामा भने यसमा म्यानुफ्याक्चरिङ तथा माछा पालन सम्बन्धी उ्रद्योग पनि थप हुने बताइएको छ ।

Must View