नागरिक पोष्ट News


सलमान खानको संघर्ष : जिन्सको पाइन्ट फाटेपछि मागेर समेत लाएका थिए

4.8K

चर्चित अभिनेता शाहरुख खान बलिउड फिल्म उद्योगमा प्रवेश गरेको २६ वर्ष पूरा भएको छ भने सलमानको बलिउडमा ३१ वर्ष पूरा भएको छ। सलमानले आफ्नो करियरको सुरुवातमा एक साइड अभिनेताका रुपमा काम गरेका थिए। उनले १९८७ मा आफ्नो फिल्म ‘बीवी हो तो ऐसी’ को शुटिङ सुरु गरेका थिए।

यो फिल्मको मुख्य भूमिकामा फारुख शोख र रेखा थिए। त्यस बाहेक फिल्ममा सलमानसँग रेनु आर्याले पनि सहायक भूमिकामा साइन गरेका थिए। यो फिल्ममा लक्ष्मीकान्त प्यारेलालले संगीत दिएका छन्। तर फिल्ममा सलमानले एउटा पनि गीतमा अभिनय गर्न पाएनन्। सलमान खाले मोडलिङदेखि अभिनयसम्म निकै संघर्ष गरे। किनभने सलमान कामको खोजीमा कहिल्यै पनि आफू फिल्म शोलेका लेखक सलीम खानको छोरो हुँ भन्ने भान हुन दिएनन्।

त्यो समयमा अभिनेता राजेन्द्र कुमारका छोरा कुमार गौरव ठूला अभिनेताका रुपमा चर्चित हुन थालेका थिए। त्यतिबेला कुमार र सलमानबीच निकै राम्रो सम्बन्ध थियो। त्यतिबेला सलमान संघर्ष गरिरहेका थिए। उनीसँग धेरै पैसा पनि थिएन। सलमानसँग नयाँ जिन्स किन्ने पैसासमेत हुँदैनथ्यो। एक दिन सलमानले लगाएको जिन्स फाटेको देखेपछि गौरबले सलमानलाई आफ्नो जिन्सको पाइन्ट दिएका थिए।

सलमान कहिले गौरवले दिएको जिन्स लगाउँथे भने कहिले आफ्नो डेट्सलाई प्रभाव पार्न गौरवको कार लैजान्थे। यो त्यही बेला थियो जब कुमार गौरव र सुनील सेट्टीबीचको मित्रताले सलमानको ठाउँ लिएको थियो। त्यतिबेला सुनील सेट्टी व्यापारी थिए र उनले सलमानलाई जिन्सको एक सेट लिएका थिए।

सलमान त्यतिबेलाका चर्चित नायक गोविन्दाबाट पनि निकै प्रभावित थिए। एक पटक गोविन्दा र सलमान एउटै स्टुडियोमा शुटिङ गरिरहेका थिए। गोविन्दाले एक शटपछि सलमानलाई हेरे र उनलाई एक सामान्य मोडल ठानेर सोधे के मेरो शट राम्रो थियो? यी सबै कारणले गर्दा सलमानले आफूलाई बलिउडमा स्थापित भएपछि विनम्र बनाइ राखेका छन्।

त्यसो त जब कुमार गौरवले अभियन छोडे, त्यतिबेला सम्म सलमान बलिउडका ठूला स्टार भइसकेका थिए। केही समयपछि गोविन्दाको करियरमा पनि पूर्ण विराम लाग्यो। तर गोविन्दालाई सलमानले सम्झिए र २००७ मा फिल्म पार्टनरमार्फत कमब्याक गर्न सहयोग गरे।

Must View