नागरिक पोष्ट News


३२ सिडिओको सरुवा, काठमाडौं र ललितपुरका सिडिओ गृह मन्त्रालय तानिए

2.5K

गृहमन्त्रालयले एकैपल्ट ३२ जिल्लाका प्रमुख जिल्ला अधिकारी ‘सिडिओ’को सरुवा गरेको छ । नयाँ सरकार गठन भएपछि यति धेरै संख्यामा सिडिओहरुको जिम्मेवारी हेरफेर गरेको यो पहिलो पटक हो । 

गृहले काठमाडौं उपत्यका मध्ये काठमाडौं र ललितपुरका सिडिओलाई मन्त्रालय तानेको छ । काठमांडौ प्रशासनमा मोरङमा रहेका रामप्रसाद आचार्यलाई आएका छन् ।  काठमाडौंका सिडिओ केदारप्रसाद शर्मा गृहमन्त्रालय पुगेका छन् । ललितपुरका सिडिओ महादेव पन्थ पनि गृहमन्त्रालय तानिएका छन् । गृहका प्रेमराज जोशी ललितपुर पुगेका छन् ।  

गृह प्रशासन सुधार कार्ययोजना कडाईका साथ लागू गर्न निर्देशन दिएकाे सरकारले जिल्लास्थित अधिकांश सरकारी कार्यालयहरु खारेज भएसँगै सिडिओहरुको जिम्मेजारी हेरफेर गरेको हो । विषयगत कार्यालयहरुसँगै खारेजीमा परेको स्थानीय शान्ति समितिको कार्यालयका कर्मचारीलाई भने सरकारले अर्को व्यवस्था नभएसम्मका लागि पुनःवहाली गरेको छ । तर, अधिकांश शान्ति समितिले कार्यालयको कागजात तथा जिम्मेवारी प्रशासनलाई बुझाईसकेकाले नयाँ जिम्मेवारी पाएर जाने सिडिओको पहिलो काम शान्ति समितिको कार्यालयको व्यवस्थापन हुनेछ ।

अहिले बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले सबै जिल्ला जिल्लामा गएर विस्तृत अध्ययन गरिरहेको छ । आयोगले पीडितलाई शान्ति समितिकै कार्यालयमा बोलाएर सोधपुछ गरिरहेकोमा शान्ति समिति खारेजीमा परेपछि काममा बाधा पुगेको छ । उसैको अनुरोधमा सरकारले कर्मचारीको पुनःवहालीका लागि चिठ्ठी लेखेपनि अधिकांश जिल्लामा कार्यालय र कागजात सिडिओकै जिम्मामा छ । 

Must View