विश्वकप २०२२ हुने कतारका स्टेडियम यति भव्य छन्, हेर्नुहोस्
विश्वकपको २१ औं संस्करण सकिएको छ । फ्रान्सले क्रोएसियालाई फाइनलमा पराजित गर्दै ४ वर्षका लागि विश्वकपमाथि कब्जा जमाएको छ । अब अर्को विश्वकप २०२२ कतारमा हुनेछ ।
यो विश्वकपका लागि कतारमा भव्य स्टेडियम तयार हुँदैछन् । यी स्टेडियमहरु कतारका ७ शहरमा छन् । कतारका शहरहरु अल डायन, अल खोर, अल रायन, अल शमाल, अल वक्राह, दोहा र उम सलाहमा विश्वकपका खेलहरु खेलिनेछन् ।
यी सबै स्टेडियमहरु मौसमको प्रभाव नियन्त्रण गर्न सक्षम हुनेछन् । यी स्टेडियम निर्माणको लागत ३ अर्ब डलर अनुमान गरिएको छ । हेरौं यस भिडियोमा आगामी विश्वकप हुने भव्य स्टेडियमहरु ।
१. अल गराफा स्टेडियमः
यो स्टेडियम अल रायन शहरमा छ । यो स्टेडियमलाई मर्मत गरी भव्य बनाइँदैछ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरु हुनेछन् ।
२. अल खोर स्टेडियमः
अल खोर शरहको यो भव्य स्टेडियम नयाँ निर्माण गरिएको हो । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वका रहेको यो स्टेडियममा समूह चरणका खेलहरु र राउण्ड अफ १६ का खेलहरु हुनेछन् ।
३. अल रायन स्टेडियमः
यो स्टेडियम पनि अल रायन शहरमा छ । यो स्टेडियमलाई पनि मर्मत गरी भव्य बनाइँदैछ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरु हुनेछन् ।
४. अल शमाल स्टेडियमः
यो स्टेडियम अल शमाल शहरमा छ । यो स्टेडियमलाई नयाँ निर्माण गरिँदैछ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरु हुनेछन् ।
५. अल वक्राह स्टेडियमः
यो स्टेडियम अल वक्राह शहरमा छ । यो स्टेडियमलाई नयाँ निर्माण गरिँदैछ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरु र राउण्ड अफ १६ का खेलहरु हुनेछन् ।
६. दोहा पोर्ट स्टेडियमः
यो स्टेडियम राजधानी दोहा शहरमा छ । यो स्टेडियमलाई नयाँ निर्माण गरिँदैछ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरु, राउण्ड अफ १६ र क्वाटर फाइनलका खेलहरु हुनेछन् ।
७. एजुकेशन सिटी स्टेडियमः
यो स्टेडियम अल रायन शहरमा छ । यो स्टेडियमलाई नयाँ निर्माण गरिँदैछ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरु र राउण्ड अफ १६ का खेलहरु हुनेछन् ।
८. खलिफा इन्टरनेशनल स्टेडियमः
यो स्टेडियम अल रायन शहरमा छ । यो स्टेडियमलाई मर्मत गरेर भव्य बनाइँदैछ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरुसँगै राउण्ड अफ १६, क्वाटर फाइनल र सेमिफाइनल खेलहरु हुनेछन् ।
९. लुसैल आइकोनिक स्टेडियमः
यो स्टेडियम अल डायन शहरमा छ । यो स्टेडियमलाई नयाँ निर्माण गरिँदैछ । कतार ओलम्पिक कमिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा उद्घाटन खेल हुनेछ । यससँगै यो स्टेडियममा समूह चरणका खेलहरुसँगै राउण्ड अफ १६, क्वाटर फाइनल, सेमिफाइनल र फाइनल खेलसमेत यही स्टेडियममा हुनेछ ।
१०. कतार युनिभर्सिटी स्टेडियमः
यो स्टेडियम राजधानी दोहा शहरमा छ । यो स्टेडियमलाई नयाँ निर्माण गरिँदैछ । कतार युनिभर्सिटी र कतार सरकारको स्वामित्वमा रहेको यो स्टेडियममा समूह चरणका खेलहरुसँगै राउण्ड अफ १६ का खेलहरु हुनेछन् ।