नागरिक पोष्ट News


७ महिनासम्म बालिका बलात्कार गर्ने १८ जनालाई वकिलले अदालतमै पिटे(भिडियोसहित)

9K

एजेन्सी। भारतको चेन्नइमा ११ वर्षीय बालिका बलात्कार गरेको अभियोगमा पक्राउ परेका १८ जनालाई महिला अदालतमा पेश गरिएको छ। जहाँ वकिलहरुले अदालतमै सबै अभियुक्तहरुलाई कुटेका छन्। जुन भिडियो अहिले भाइरल भइरहेको छ। केही दिनअघि सात कक्षामा बढ्ने ती बालिकालाई बलात्कार गरिएको निकै सनसनीपूर्ण घटना बाहिरिएको थियो।

घटना बाहिरिएसँगै ती १८ जनालाई पक्राउ गरेको थियो। ११ वर्षीय बालिकालाई विगत ७ महिनादेखि उनी बस्ने अपार्टमेन्टकै १८ जनाले बलात्कार गरिरहेका थिए। अपार्टमेन्टका सेक्युरिटी गार्ड, लिफ्ट अपरेटर, पानीवाला देखि प्लम्बरसम्मले उनलाई बलात्कार गरेका हुन्।

 

बालिका उत्तर भारतीय परिवारकी भएको बताइएको छ र उनी बोल्न र सुन्न सक्दिनन्। प्रहरीका अनुसार सबैभन्दा पहिले ६६ वर्षका लिफ्ट अपरेटर रविले उनलाई बलात्कार गरेका थिए। यसपछि रविसँगै अन्य २ जनाले उनलाई बलात्कार गरे। यिनीहरुले बालिकालाई बेहोस गर्ने औषधी र नशाको औषधी मिसाएर कोल्ड ड्रिंक पिलाउँथे।

प्रहरीका अनुसार उनीहरु बालिकालाई चक्कु देखाएर धम्की पनि दिन्थे। उनीहरुले बालिकाको निर्वस्त्र फोटो पनि खिचेका थिए। साथमा भिडियो पनि बनाएका थिए र बालिकालाई ब्ल्याकमेल गरिरहेका थिए। विस्तारै अपार्टमेन्टका अन्य कर्मचारीहरु पनि बलात्कारमा सहभागी भए।

सुरक्षागार्ड, कार्पेन्टर अनि प्लम्बरले पनि बालिकालाई बलात्कार गरे। बालिकाले दिल्लीबाट आएकी आफ्नी दिदीलाई यसबारे बताएपछि घटनाको खुलासा भएको हो। यो अपार्टमेन्टमा करिब ३ सय फ्ल्याट थिए र अधिकांश खाली थिए। यही कारण बलात्कारीहरुलाई सजिलो भएको थियो।

 

Must View