नागरिक पोष्ट News


विश्वकप २०१८ को उपाधि फ्रान्सलाई : क्रोएसियन मोड्रेच सर्वोत्कृष्ट खेलाडी, एमबाप्पे युवा स्टार

4.8K

फ्रान्स दोस्रो पटक विश्वकप फुटबलको उपाधि जित्न सफल भएको छ । फ्रान्सले क्रोएसियालाई ४–२ ले पराजितगर्दै दोस्रो पटक विश्वकपको उपाधि उचालेको हो ।

यसअघि फ्रान्सले सन् १९९८ मा पहिलो विश्वकप उपाधि जितेको थियो । त्यसपछि सन् २००६ मा विश्वकप फाइनलमा पुगेको फ्रान्स उपविजेता बनेको थियो ।

क्रोएसियन मोड्रेच विश्वकप सर्वोत्कृष्ट खेलाडी, एमबाप्पे युवा स्टार

क्रोएसियन कप्तान लुका मोड्रेच रुसमा सम्पन्न विश्वकपको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

आफ्नो टोलीलाई विश्वकपको फाइनलसम्म पुर्याउन उल्लेखनीय योगदान दिएका क्रोएसियन मोड्रेचले फाइनलसम्म आइपुग्दा ३ गोल गरेका थिए ।

यसैगरी फ्रान्सेली युवा खेलाडी केलिएन एमबाप्पेले विश्वकपको सर्वोत्कृष्ट युवा खेलाडीको उपाधि पाएका छन् ।

 एमबाप्पेले फाइनल खेलमा क्रोएसियाविरुद्ध फाइलनमा समेत एक उत्कृष्ट गोल गरे । उनले रुस विश्वकपको जम्मा ४ गोल गर्न सफल भए ।

यसैगरी विश्वकपको सर्वोत्कृष्ट गोल रक्षक बेल्जियमका थियाबो कोर्ट्वाले प्राप्त गरे । 

 

आत्मघाती गोल र पेनाल्टि क्रोएसिया हारको मुख्य कारक

क्रोएसिया फ्रान्ससँग ४–२ ले पराजितहुँदा आत्मघाती गोल र एक पेनाल्टि गोल क्रोएसियाका लागि घातक बन्न पुग्यो ।

फ्रान्सले खेलको १८ औं मिनेटमा मारियो मान्जुकिजको आत्मघाती गोलबाट सुरुवाती अग्रता लिएको थियो । त्यसपछि ३८ औं मिनेटमा क्रोएसियाका इभान पेरिसिचले ह्याण्ड गर्दा फ्रान्सले पेनाल्टिको अवसर पाएको थियो ।

banner

पेनाल्टिमा एन्टोनी ग्रीजम्यानले गोल गरेका थिए । त्यसअघि खेलको २८ औं मिनेटमा इभान पेरिसिचले डोमागोज भिडाको पासमा बराबरी गोल फर्काएका थिए । पहिलो हाफमै २–१ ले पछि परेको क्रोएसियाले दोस्रो हाफमा लगाता २ गोल खायो ।

खेलको ५९ औं मिनेटमा पल पोग्बाले ग्रीजम्यानको पासमा गोल गरेका थिएभने खेलको ६५ औं मिनेटमा केलियन एमबाप्पले काउन्टरमा लुकास हर्नान्डेजको पासमा आकर्षक गोल गरेका थिए ।

त्यसपछि क्रोएसियाले एक सान्त्वना गोल फर्कायो । फ्रान्सका गोलरक्षक हुगो लोरिसको गल्तीका कारण मारियो मान्जुकिजले गोल गरेका थिए । 

विश्वकप २०१८ को फाइनल : फ्रान्स भर्सेस क्रोसिया को भिडन्त (ला लिगा भर्सेस लिग वान )

फाइनल खेल्ने सबैभन्दा धेरै खेलाडी ला लिगाका छन् । जसमा स्पेनिस क्लब रियल मडि्रड, बार्सिलोना, एथ्लेटिको मड्रिड र सेभिल्लाका गरेर १० जना छन् । यसैगरी इटालियन क्लब युभेन्टसबाट तीन खेलाडी छन् । साथै फेन्च क्लब मोनाको, मार्सेली र पेरिस सेन्ट जर्मेनबाट पनि तीन/तीन खेलाडी छन् ।

फाइनल खेल्ने सबैभन्दा धेरै खेलाडी ला लिगाका छन् । जसमा स्पेनिस क्लब रियल मडि्रड, बार्सिलोना, एथ्लेटिको मड्रिड र सेभिल्लाका गरेर १० जना छन् । यसैगरी इटालियन क्लब युभेन्टसबाट तीन खेलाडी छन् । साथै फेन्च क्लब मोनाको, मार्सेली र पेरिस सेन्ट जर्मेनबाट पनि तीन/तीन खेलाडी छन् ।

लिगका आधारमा हेर्दा इंग्लिस पि्रमियर लिग खेल्ने १ सय २४ खेलाडी विश्वकपमा सहभागी भएका थिए । तर फाइनलसम्म पुग्दा ला लिगाले प्रिमियर लिगलाई जितेको छ ।

प्रिमियर लिग खेल्ने ६ खेलाडी फाइनलमा छन् भने ला लिगा खेल्ने १० खेलाडी फाइनलमा छन् ।

यसैगरी लिग वान खेल्ने १० खेलाडी, सिरी ए खेल्ने ९ खेलाडी, बुण्डेस लिगा खेल्ने ४ खेलाडी, रसियन लिग खेल्ने २ खेलाडी, क्रोएसियन लिग खेल्ने २ खेलाडी साथै अस्ट्रिया, युक्रेन र टर्कीमा लिग खेल्ने एक/एक खेलाडी छन् ।

एउटै क्लबबाट विश्वकपमा सहभागी खेलाडीको संख्यामा म्यान सिटीपछि स्पेनिस क्लब रियल मडि्रडको रहेको थियो । जसका १५ खेलाडी विश्वकपमा सहभागी भएकामा तीन खेलाडी फाइनलसम्म पुगेका छन् ।

कुन क्लबका छन् फाइनल खेल्ने खेलाडी ?

रियल मड्रिड – राफेल भराने -फ्रान्स), लुका मोडरिक, माटेओ कोवासिक (क्रोएसिया)

बार्सिलोना – स्यामुअल उमटीटी, उसमान डेम्बेले (फ्रान्स), इभान र्‍याकिटिङ (क्रोएसिया)

एथ्लेटिको मड्रिड – एन्टोनियो गि्रजम्यान, लुकास हर्नान्डेज (फ्रान्स), भरसाल्ज्को (क्रोएसिया)

मोनाको – दिवब्रिल सिदिबे, थोमस लेमर (फ्रान्स), ड्यानियल सुवासिक (क्रोएसिया)

मार्सेली – स्टीभ मन्डन्डा, अदिल रामी, लोरिन थोविन (फ्रान्स)

पेरिस सेन्ट जर्मेन – एल्फन्सो एरोला, प्रेसनल किमपेम्बे, केलियन एमबाप्पे (फ्रान्स)

युभेन्टस – ब्लेस माटुडी (फ्रान्स), मारियो म्यान्जुकिज, मार्को पिजाका (क्रोएसिया)

चेल्सी – एन्जेलो कान्टे, ओलिभर जिरउड (फ्रान्स)

इन्टर मिलान – मार्सेलो ब्रोजोभिक, इभान पेरेसिक -क्रोएसिया)

फिरोन्टेनिया – मिलान बडेल्ज, एन्टे रेबिक (फ्रान्स)

एसी मिलान – निकोलो कालिनिक, इभान स्टिनिक (क्रोएसिया)

टोटनहृयाम – हृयुगो लोरिस (फ्रान्स)

म्यानचेस्टर सिटी – बेन्जामिन मेन्डी (फ्रान्स)

स्टुटगार्ट – बेन्जामिन पभार्ड (फ्रान्स)

सेभिल्ला – स्टेभेन जोन्जी (फ्रान्स)

म्यानचेस्टर युनाइटेड – पोउल पोग्बा (फ्रान्स)

बायर्न म्युनिख – कोरेन्टिनो टोलिसो  (फ्रान्स)

लायोन – नबिल फेकिर (फ्रान्स)

जेन्ट – लोभ्रे कालिनिक (क्रोएसिया)

डाइनामो जागर्भ – डोमिनिक लिभाकोभिच (क्रोएसिया)

लोकोमोटिभ मस्को – भेड्रान क्रोलुका (क्रोएसिया)

बेसिक्टस – डोमागज भिडा (क्रोएसिया)

लिभरपुल – डेजान लोभरेन (क्रोएसिया)

डायनामो किभ – जोसिप पिभेरिक (क्रोएसिया)

बायर लिभरकुसन – टिन जेडभाज (क्रोएसिया)

रेड बुल साल्जबर्ग – डुजे क्यालेटा कार (क्रोएसिया)

रेजेका – फिलिप बार्डेरिक (क्रोएसिया)

होफेनहेम – एन्ड्रेज क्रामेरिक (क्रोएसिया)

Must View