नागरिक पोष्ट News


अब उपत्यकामा दिउँसो ट्रिपर चलाउन नपाइने : राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै चलाउन पाइने

4.9K

काठमाडौं उपत्यकाका ३ जिल्लामा राति ८ बजेसम्म ट्रिपर चलाउन नपाइने भएको छ। गृहमन्त्री रामबहादुर थापाले ट्रिपरका कारण सवारी दुर्घटना बढेपछि काठमाडौँ, भक्तपुर र ललितपुर प्रशासन कार्यालय र ट्राफिक प्रहरीलाई दिउँसो ट्रिपर चलाउन नदिन निर्देशन दिएका हुन्।

ट्रिपरका कारण हुने दुर्घटना बढेपछि गृह मन्त्रालयले यसमा चासो देखाएको थियो। गृहमन्त्रालयका अनुसार अब राति ८ बजेदेखि बिहान ५ बजेसम्म मात्रै ट्रिपर चलाउन पाइनेछ।

गृहको यो निर्णयपछि ट्रिपरबाट हुने दुर्घटनामा कमी अाउने अधिकारीहरूले विश्वास व्यक्त गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको तथ्यांक अनुसार असार महिनामा मात्रै काठमाडौं उपत्यकामा १०८ वटा दुर्घटना भएका थिए । जसमध्ये ४० वटामा ट्रिपर संलग्न रहेका थिए ।

यसअघि मंगलबार मात्रै जडिबुटीमा ट्रिपरको ठक्करबाट भक्तपुर सल्लाघारीका  १८ वर्षीय रोयल सुवेदीको मृत्यु भएको थियो । मोटरसाइकल चालक अमन ढुंगेलको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।

ट्रिपरका कारण हुने दुर्घटना बढेपछि गृह मन्त्रालयले यसमा चासो देखाएको थियो ।

Must View