काभ्रेकी ८६ बर्षकी बृद्ध माईली तामाङले यसरी न्याय पाईन, काभ्रे प्रहरी प्रमुखलाई सलुट !
वर्षौदेिख गुण्डा र विचौलियाबाट हेपिएकी र ठगिएकी काभ्रेकी माइली तामाङले प्रहरीको सक्रियतामा न्याय पाएकी छिन् । काभ्रे प्रहरी प्रमुखको जिम्मेवारी सम्मालेका एसपी रविराज खड्काको गुण्डागर्दी र तस्करमुक्त काभ्रे जिल्ला बनाउने अभियानको पहिलो पाइलामै काभ्रे प्रहरीलाई यो सफलता मिलेको हो ।
रोशी गाउपालिका शिखर आम्मबोटे सिसाखानीकी यी बयोवृद्ध ८६ बर्षकी माइली तामाङलाई प्रहरीको सक्रियतामा न्याय दिईएको हो । उनले आफ्नै बारीमा लगाएको बोधित्तितका रुखलाई उनकै भदा नाता पर्ने भीमबहादुर तामाङले १० बर्षको सम्झौता गरेर दुइ करोडको कागज गराएका थिए । तर उनले बार्षिक चार पाँच लाख मात्रै बडो मुस्किले पाउने गरेकी थिइन् । गुण्डा र दलालहरु मिलेर भनेजति पैसा नदिने, आफुलाई परेको अन्यायबारे प्रहरीकोमा धाउन पनि नदिने र उजुरी गर्न पनि नदिने परिस्थिती विगतमा विद्यमान थियो ।
हरेक वर्ष उनको रुखलाई लिएर गुण्डासमूह र दलालहरुबीच झगडा र कुटपिट हुने गरेको थियो । यसपटक त्यो परिस्थितीलाई एसपी खड्काको सक्रियतामा अन्त्य गरिएको छ र जवरजस्ती दश बर्षका लागि गरिएको दुइ करोड बराबरको सम्झौता करार पनि प्रहरीकै रोहबरमा च्यातिएको छ । फलस्वरुप उनले यसपटक बोधिचित्तको उचित दाम अतार्थ ४१ लाख रुपियाँ प्राप्त गरेकी छिन् ।
भने अर्कोवर्षदेखि माइली तामाङले जसलाई मन लाग्यो वा जसले बढी रकम दिन्छ उसैलाई बोधिचित्तका दाना दिन पाउने भएकी छिन् । यसैबीच माइली तामाङले प्राप्त गरेको ४१ लाख मध्ये २२ लाख रुपैया गुण्डा समूह तिर्थ लामा, दुधराज तामाङ र दमै सिहंले लुटेर लगेको भन्ने जानकारी पाएपछि प्रहरीले अनुसन्धान सुरु गरेको एसपी खड्काले नेपाल बहसडटकमलाई बताए । अवैध क्रसर उद्योग र बालुवाखानीहरु बन्द गराएर चर्चा कमाएका एसपी खड्काको अबको ध्यान काभ्रेलाई गुण्डागर्दीमुक्त जिल्ला बनाउने तर्फ केन्द्रित रहेको बताउछन् ।
- Nepalbahas.com