सुनिता दुनुवारले पाइन् प्रतिष्ठित हिरो अफ द अवार्ड २०१८
2.2K
अमेरिकी सरकारले शक्ति समूहकी संस्थापक सदस्य सुनिता दनुवारलाई मानव बेचबिखन र आधुनिक दासत्वविरुद्धको ‘हिरो’ घोषणा गरेको छ ।
अमेरिकी विदेश मन्त्रालयमा आयोजित एक समारोहमा विदेशमन्त्री माइक पोम्पियोले र अमेरिकी राष्ष्टपति डाेनाल्ड ट्रम्पकी छोरी इभान्का ट्रम्पले ‘ट्राफिकिङ इनपर्सन हिरो–२०१८’ अवार्ड दनुवारलाई संयुक्त रूपमा प्रदान गरेका हुन् ।
अमेरिकाले हरेक वर्ष विश्वभरका १ सय ८० राष्टमध्येबाट बढीमा १० अभियन्तालाई ‘टीआईपी हिरो’ अवार्ड दिन्छ । सो अवार्ड पाउने दनुवार चाैथाे नेपाली हुन् । यसअघि शक्ति समूहकै संस्थापक चरिमाया तामाङले सन् २०११ मा यो अवार्ड पाएकी थिइन् । यसअघि न्यायाधीश टेकनारायण कुँवर र प्रहरी उपरीक्षक किरण बज्राचार्यले पनि यही अवार्ड पाएका थिए ।