नागरिक पोष्ट News


यसकारण मेस्सीका फ्यान नेपालमा बढिरहेका छन्, मेस्सीले विश्वकप २०१८ जित्नैपर्दछ

2.8K

अहिले विश्वकप २०१८ को विश्वभर रौकनकता छाएको छ । फटवलको विश्वबिजेता देशका टीमहरुमाथि धेरैको भरोसा र निराशा पनि उत्तिकै देखिएको छ । विश्वकप फुटवलटीमका खेलाडीहरुप्रति नेपालीहरुको भरोसा र समर्थन उत्तिकै छ । रसियामा भइरहेको विश्वकप २०१८ सबैभन्दा बढी समर्थक र फ्यान अर्जेन्टिना टिम र मेस्सीप्रति रहेको छ । मेस्सी एउटा त्यस्तो खेलाडी हुन् जसले जतिखेर पनि गोलको अवसर निकाल्न सक्छन् र सबैलाई छलाएर गोल हान्न सक्छन् । एक्लै बल लिएर सिधै गोलपोष्टको डि बक्स पुग्ने मेस्सीको क्षमता छ । नकआउट चरणमा मेस्सीको फर्मुलाले सबै नेपालीहरु मेस्सीले विश्वकप २०१८ जित्नैपर्दछ भनी समर्थन गरिरहेका छन् । मेस्सीप्रति नेपाली समर्थकहरु बढ्नुको कारण मेस्सीको एउटा सामाजिक फाउण्डेसनले भुकम्पपछि नेपालमा सहयोग गरिरहेको छ । त्यसकारण पनि मेस्सीप्रति नेपाली फ्यानहरु बढिरहेका छन् ।

द लियो मेस्सी फाउण्डशेनले युनिसेफ मार्फत नेपालमा स्वास्थ्य चौकी भवन, शैक्षिक भवन लगायतका सामाजिक क्षेत्रमा सहयोग पुर्याइरहेको छ । 

मेस्सीले फुटबल खेलेर कमाएको पैसा परोपकारी काममा खर्च गर्नकै लागि भनेर आफ्नो नाममा फाउण्डेशन स्थापना गरेका यसअघि नै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले बताउँदै आएका थिए । 

भूकम्पले भत्किएका संरचना पुनर्निर्माणका लागि फाउण्डशेनले झण्डै ५ करोड नेपाली रुपैयाँ सहयोग गरेको हो । 

मेस्सीको नाममा स्थापित परोपकारी संस्थाले गोरखा, धादिङ र काभ्रेमा २-२, दोलखामा ४ तथा नुवाकोट, रामेछाप, ललितपुर र सोलुखुम्बुमा १-१ वटा स्वास्थ्य चौकी भवन बनाएका छन् । 

गोरखा – दर्बुङ र मझुवा देउराली स्वास्थ्य चौकी धादिङ – सल्यान्टार र नलाङ स्वास्थ्य चौकी काभ्रे – गैरि बिसौनी देउपुर र देवभूमी स्वास्थ्य चौकी दोलखा –  लादूक, सुनखानी, दोलखा र पावती नुवाकोट – वागेश्वरी रामेछाप – ओख्रेनी सोलुखुम्बु – फाप्लु ललितपुर – दलचोकी

 यी सबै स्वास्थ्य चौकीको भवन निर्माण पूरा भैसकेको युनिसेफले जनाएको छ । एउटा स्वास्थ्य चौकी सरदर ६० लाख रुपैयामा निर्माण भएको हो ।

Must View