नागरिक पोष्ट News


जापान भाग्यशाली, फेयर प्ले पोइन्टका आधारमा अन्तिम १६ मा प्रवेश

2.3K

जापान ग्रुप एचको उपविजेता बन्दै आज नकआउट चरणमा प्रवेश गरेको छ । जापान पोल्याण्डसँग पराजित भएपनि फेयर प्ले पोइन्को आधारमा उसले अन्तिम १६ मा स्थान बनाउन सफल भएको हो ।

ग्रुप एचमा जापान पोल्याण्डसँग १–० ले पराजित भयोभने र सेनेगलपनि कोलम्बियासँग १–० लेनै पराजित भयो । हारेपनि दुवैको ४–४ अंक थियो । गोल अन्तरपनि समान भएकाले फिफाको अनुशाशन नियमअनुसार खेलको निर्णय लिइएपछि जापान भाग्यशाली ठहरीयो ।

सिनेगल बाहिरियो । जापान र सेनेगलको तीन खेललाई मध्यनजरगर्दा जापान सेनेगलभन्दा फेयर प्ले पोइन्टमा अंक जोगाउन सफल भयो । ३ खेलमा जापानले ४ पहेलो कार्ड पाउँदै ४ अंक घटायोभने सेनेगलले ६ पहेलो कार्ड पाएर ६ अंक घटायो । 

अन्तिम अवस्थालाई मध्यनजरगर्दा सेनेगल जापानभन्दा २ अंकले पछि रह्यो । त्यसैले समान अंक तथा समान गोल अन्तर भएपनि एसियाली मूलुक जापान नकआउट चरणमा प्रवेश गर्यो । 

के हो फेयर प्ले पोइन्ट ?

लिग खेलमा कुनै टोलीबीच बराबरी अंक भएमा र गोलअन्तरपनि बराबरी भएमा फेयर प्ले पोइन्टको आधारमा विजेता टोलीको निर्णय लिइन्छ । यसमा एक पहेलो कार्ड बराबरी एक अंक घट्छ । दोस्रो पहेलो कार्डसहित रातोकार्ड पाएमा ३ अंक घट्छ ।

डाइरेक्ट रातोकार्ड पाएमा ४ अंक घट्छ । यसैगरी पहिले पहेलो कार्ड तथा दोस्रोमा सिधै रेडकार्ड पाउने खाले ट्याकले गरे ५ अंक घट्छ । आज पराजित जापान र सेनेगलको समान ४–४ अंक थियो ।

गोल अन्तरपनि समान थियो । तर फेयर प्ले पोइन्टमा जापान भाग्यशाली ठहरीयो । पुरा ग्रुप स्टेजको प्रतियोगितामा जापनले ४ पहेलो कार्ड प्राप्तगर्दा सेनेगलले ६ पहेलो कार्ड पायो । त्यसैले जापनको मात्र ४ अंक घट्यो सेनेगलेको ६ अंक घट्यो ।  

Must View