नागरिक पोष्ट News


बेल्जियम १ - ० ले जित्यो, हेर्नुहोस् बेल्जियम र इंगल्याण्डको रोचक प्रतिस्पर्धा (भिडियो)

3.8K
बेल्जियम समुह विजेता तथा इंगल्याण्ड उप–विजेता

विश्वकप फुटबलको समुह जीको विजेता र उपविजेता छिनोफानो भएको छ। बिहिबार रातिको खेलसँगै बेल्जियम समुहको विजेता बन्योभने इंगल्याण्ड उप-विजेता बन्यो ।

बेल्जियमले आफ्नो अन्तिम खेलमा इंगल्याण्डमाथि १-० को जित निकालेको हो। बेल्जियमको जितमा दोस्रो हाफको ५१ औं मिनेटमा एडनान जानुजाले गरेको एकमात्र गोल खेलका लागि निर्णायक बन्यो।

युरी टाइलीमान्सको पासमा एडनानले गोल गरेका थिए। अन्तिम चरणको खेलसँगै बेल्जियम ९ अंक सहित ग्रुप लिडर बन्न सफल भयो। इंगल्याण्ड ६ अंक सहित उप-विजेता बन्यो।

यसैगरी ग्रुप जीकै अर्को खेलमा ट्युनिसिया र पनामाले २-१ को जित निकाल्न सफल भयो। यसअघिका दुवै खेलमा पराजित ट्युनिसियाले खेलमा जित निकल्दै ३ अंक जोड्दै समुहको तेस्रो भयो। पनामाभने अंकविहिन रह्यो।

Must View