नागरिक पोष्ट News


उरुग्वेको रोनाल्डो रोक्न डिफेन्स वाल यसरी तयार भो

6.8K

विश्वकपमा अन्तिम १६ को खेलमा पोर्चुगलविरुद्ध खेल्न उरुग्वेले डिफेन्स लाइन बलियो पार्दै क्रिस्टियानो रोनाल्डोलाई रोक्ने रणनीतिमा लागेको छ । विश्वकप समूह ‘ए’ बाट अघिल्लो चरणमा पुगेको उरुग्वेले समूह चरणको तीनवटै खेल जित्यो । इजिप्ट र साउदी अरबलाई १-० ले हराएको उरुग्वेले रसियालाई ३-० ले हरायो । उरुग्वेले समूह चरणका तीन खेलमा पाँच गोल गर्‍यो । एक गोल पनि खाएन । यसले नै बलियो लाग्ने उरुग्वेका गोलकिपर फर्नान्डो मुस्लेरा र डिफेन्स लाइन बलियो देखिएको छ । तर पनि उत्कृष्ट लयमा रहेका फरवार्ड रोनाल्डोलाई रोक्न इजिप्ट, साउदी अरेबिया र रसियासँग जस्तो सहज हुने छैन । उरुग्वेका प्रशिक्षक ओस्कार टेभरेजले टिम सम्हाल्न थालेको १२ वर्ष भयो । ७१ वर्षको उमेरमा उनले टिमका लागि जे गरिरहेका छन् त्यसले उनीहरु विश्वकपमा अलि अघि नै पुग्ने देखिन्छ । त्यसका लागि अब पहिलो चुनौती छ, पोर्चुगल र उसका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो । उरुग्वेको फरवार्ड लाइन भन्दा डिफेन्स लाइनको तालमेल राम्रो देखिएको छ । मार्टिन क्यासिरेस, सेबेस्टियन कोयट्स, डिएगो गोडिन र डिएगो लक्सलट सबैले राम्रो गरिरहेका छन् । यसैले पोर्चुगलविरुद्ध यही डिफेन्स लाइन अझै बलियो बनाएर अघिल्लो रचणमा जाने तयारी टेभरेजले गरिरहेका छन् ।

Must View