नागरिक पोष्ट News


असार पन्ध्र : छुपुमा छुपु धान रोपाइ, दही चिउरा खाने दिन

6.9K

असार पन्ध्र ,दही चिउरा खाने दिन । साथै नेपालमा  असार पन्ध्रको दिनलाई  धान दिवसको रुपमा पनि मनाउने गरिन्छ । राष्ट्रिय धान दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाईदै छ । नेपालले २०६२ देखि असार १५ लाई धान दिवसका रूपामा मनाउँदै आएको छ ।

किसानहरुको मेहनतले मानो रोपेर मुरी फलाउने दिनको रुपमा यो दिनलाइृ लिइन्छ । असारमा धान रोपेर किसानहरुले मंसिरमा अन्न भित्रयाउने गर्दछन ।

आज विभिन्न ठाँउहरुमा दिवसको अवसर पारेर रोपाई गर्ने पनि गरिन्छ । किसानहरुले बाजागाजाका साथ रोपाईको रौनक दिन खेतमै बेठी लगाउने गर्दछन । यही मौकामा एकआपसमा हिलो छ्यापेर पनि रोपाईको मज्जा लिन सकिन्छ ।

banner

 

बाजुराको बडीमालिका नगरपालिका–९ स्थित खेतमा रोपाइँ गर्दै स्थानीय महिला। यहाँका महिला देउडा गीत गाउँदै धान रोपाइँ गर्छन्। तस्बिर : प्रेम रौले रासस

Must View