नागरिक पोष्ट News


जर्मनी समुह चरणबाटै कसरी बाहिरियो, पुरा हाइलाइट्स हेर्नुहोस् (भिडियो)

4.1K

विश्वकप विजेता जर्मनी विश्वकप प्रतियोगितबाट बाहिरिएको छ । ग्रुप एफको अन्तिम खेलमा दक्षिण कोरियासँग २–० ले पराजित भएपछि जर्मनीको विश्वकप सपना अधुरो बनेको हो ।

अर्को खेलमा मेक्सिकोलाई स्वीडेनले ३–० ले पराजित गर्यो । अन्तिम चरणको खेलसँगै स्वीडेन र मेक्सिको समुहको विजेता र उपविजेता बनेका छन् । खेलको ९० मिनेटसम्मपनि डिफेन्डिङ च्याम्पियन जर्मनीलाई प्रि–क्वाटर फाइनलमा पुग्ने संभावना जीवित थियो ।

ग्रुप एफ अन्तर्गतको अर्को खेलमा स्वीडेनले मेक्सिकोविरुद्ध खेलको ५०, ६२ र ७४ औं लगातर तिन गोल गरेपछि जर्मनीले दक्षिण कोरियाविरद्ध एकमात्र गोल गरेपनि खेल जित्दै नकआउट चरणमा प्रवेश गर्ने अवस्था थियो ।

 

तर जर्मनीले दक्षिण कोरियाविरुद्ध कुनै गोल नसक्नु उसको हारको मुख्य कारक बन्यो । यदि एक गोलमात्र गरेर खेल जितेको भएपनि जर्मनी विश्वकपको नकआउट चरणमा प्रवेश गर्नेथियो । तर गोल हान्नुको साटो उसले कोरियासँग २–० को हार व्यहोर्यो ।   

Must View