नागरिक पोष्ट News


लागुऔषध बिरुद्धको दिवस 2018 सम्पन्न, अभियान आन्दोलनकै रुपमा अगाडी बढ्ने - गृहमन्त्री

4K
लागूऔषध बिरुद्धको अभियानलाई आन्दोलनकै रुपमा अगाडी बढाउनुपर्नेमा गृहमन्त्रीको जोड

लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस २०१ं८ गृहमन्त्रालय मुल समारोहले विभिन्न विद्यालय संघसस्था सरोकारवाला मिडियाकमीहरुको सहभागीतामा साप्ताहिक रुपमा सम्पन्न गरेको छ ।  कार्यक्रममा राष्ट्रिय सभा गृह भृकुटाी मण्डपबाट शुरु गरेको र्याली भद्रकाली ,शहिदगेट न्युरोड रत्नपार्क हूदै पुन सभा गृहमानै आएर सम्पन्न भएको थियो । उक्त कार्यक्रममा विभिन्न विद्यालयका भाइबहिनिहरुले कविता बक्तृत्व कला नाटक लगायतको कार्यक्रम गरी फ्रष्ट सेकेन्ड र र्थड हुने भाईबहीनीहरुले नगद सहित पुरस्कार हात पारेका थिए ।  कार्यक्रममाा प्रमुख अतिथि गृह मन्त्री रामबहादुर थापा बादल प्रेम कुमार राई सचिव,नारायण प्रशाद शर्मा दुवाडी सहसचिव एवं मुख्य औषध नियन्त्रण अधिकारी लगाएत विभिन्न व्यक्तिहरुको उल्लेखनीय उपस्थीत रहेको थियो ।     लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस २०१८ को अवसरमा आयोजित कार्यक्रममा गृहमन्त्री रामबहादुर थापा वडास्तर देखिनै लागूऔषध निषेध र मदिरा नियन्त्रण अभियानलाई आन्दोलनकै अगाडी लैजान बताउनुभएको छ ।

आन्दोलनमा विद्यालय र कलेजका विद्यार्थीहरुले सहभागीता र नेतृत्वदायी भूमिका रहने बताउदै गृहमन्त्री थापाले अभियानमा सबैको साथ आवश्यक रहेको बताए । साथै लागूऔषध प्रयोग र यसको ओसारपसारविरुद्ध राजनीतिक दलहरुले संयुक्त अभियान चलाउनुपर्नैमा समेत उहाँले जोड दिनुभयो । 

Must View