असारमा देशभर लाइसेन्सको आवेदन बन्द हुने, साउन १ गतेबाट मात्र नयाँ आवेदन खुल्ने
4.2K
सरकारले असार महिनाभर सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को आवेदन नलिने भएको छ । यातायात व्यवस्था विभागले आफू मातहतका कार्यालयहरुलाई परिपत्र गर्दै असार १देखि कुनै पनि फारम नलिन भनेको छ ।
अनलाइन फारम भरेकाहरुको ट्रायल तथा रिट्रायल असारभित्र सक्नुपर्ने भएकाले यस्तो निर्देशन दिइएको विभागका प्रवक्ता तुल्सीराम अर्यालले जानकारी दिए ।
असारसम्म राजस्व हिसाव मिलान गर्नुपर्ने कारण देखाएर ट्रायल रोक्न लागिएको हो । सेवाग्राहीको संख्या धेरै भएकाले असार महिनाका लागि आवदेशन भरेकाहरुको पनि परीक्षा रद्द गर्ने तयारी छ ।
साउन १ गतेबाट फेरि नयाँ आवेदन खोल्ने विभागको योजना छ ।