नागरिक पोष्ट News


नेशनल पावर न्युज को पहिलो समाबेशी म्युजिक अवार्ड–२०१८ सम्पन्न फोटो फिचरसहित

6.6K

काठमाडौं,  नेशनल पावर न्युज म्युजिक अवार्ड–२०१८ आज सम्पन्न भएको छ । नेपाली भाषाबाहेकका विभिन्न ८ वटा भाषाहरुलाई उत्कृष्ट गीत र भिडियोलाई अवार्ड प्रदान गरिएको हो । बाँकी मैथली, भोजपुरी, मारवाडी र गुरुङ भाषाका गीतहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई प्रोत्साहनको लागि सम्मान गरिएको हो ।

 

काठमाडौंको जमलस्थित् राष्ट्रिय नाँचघरमा आयोजित उक्त कार्यक्रममा मकवानपुर चलचित्र पत्रकार शाखाका अध्यक्ष मनिराज गौतमलाई रु पाँच हजार एक सयसहित पत्रकारिता पुरस्कारद्धारा आज सम्मान गरिएको छ । त्यसैगरि समाजमा विभिन्न विद्यामा ख्याँति कमाएका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

 

 

 

प्रमुख अतिथि कानूनमन्त्री शेरबहादुर तामाङ, बरिष्ठ पत्रकार ऋषि धमला, राष्ट्रिय गीतका रचायता प्रदिप राई व्याकुल माईला, पूर्व सांसद हरिचरण साह, गैरआवासीय नेपाली संघ एनआरएनएका कोषाध्यक्ष हिक्मत थापा लगायतले पुरस्कार तथा सम्मान प्रदान गरेका थिए । पत्रकार धमलाले बरिष्ठ चलचित्र पत्रकार शान्ति प्रियालाई सम्मान प्रदान गरेका थिए ।

नेपाली हुनुमा गर्व गरौँ नेपाली भाषा र संस्किृतीको जगेर्ना गरौँ भन्ने मुल नाराका साथ नेपालकै पहिलो समावेशी अवार्ड नेशनल पावर न्युज म्युजिक अवार्ड २०१८ को उत्कृष्ठ १० को प्रमाणपत्र प्रदान कार्य सम्पन्न भएको छ ।

नेशनल पावर न्युज म्युजिक अवार्ड २०१८मा उत्कष्ट हुने कलाकारहरुको नामावली यस प्रकार छन् । कन्हैया सिंह – आधुनिक÷पप उत्कृष्ट स्वर शान्तिप्रिय – आधुनिक÷पप उत्कृष्ट शब्द पदम रोकाया – आधुनिक÷पप उत्कृष्ट संगीत जिवन शाही – आधुनिक÷पप उत्कृष्ट भिडियो

अमृता लुङगेली मगर – लोकदोहोरी उत्कृष्ट स्वर सहदेव कोईराला –लोकदोहोरी उत्कृष्ट शब्द अमृत खाती – लोकदोहोरी उत्कृष्ट संगीत शिव वि.क÷दिपासा वि.सी – लोकदोहोरी उत्कृष्ट भिडियो सुगम पोखरेल – चलचित्र (ऐश्वर्य) उत्कृष्ट स्वर धिरेन्द्र प्रेमर्षि – चलचित्र (संरक्षण) उत्कृष्ट शब्द राजन राज सिवाकोटी – चलचित्र (कुटुमा कुटु) उत्कृष्ट संगीत चादनी मल्ल – उत्कृष्ट गीत (डेउडा) विरेन्द्र भाट – (विपिन)उत्कृष्ट भिडियो (डेउडा) रोजी डंगोल श्रेष्ठ – उत्कृष्ट गीत (नेवारी भाषा) पुर्णकाजी ज्यापु – उत्कृष्ट भिडियो (नेवारी भाषा) सुशन साम्सोहाङ – उत्कृष्ट गीत (लिम्बु भाषा ) लोकेन सांवा लिम्बु – उत्कृष्ट भिडियो (लिम्बु भाषा) दोर्जे लामा – उत्कृष्ट गीत (शेर्पा भाषा) गम्पो शेर्पा – उत्कृष्ट भिडियो (शेर्पा भाषा) पुर्ण राई – उत्कृष्ट गीत (राई भाषा) मधु सुदन थापामगर – उत्कृष्ट गीत(मगर भाषा) टीका बोम्जन – उत्कृष्ट गीत (तामाङ भाषा ) राजकुमार मोक्तान – उत्कृष्ट भिडियो (तामाङ भाषा) अर्जुन कौशल – उत्कृष्ट गीत (चौधरी भाषा) भिम अधिकारी – उत्कृष्ट भिडियो (चौधरी भाषा)

अवार्ड कार्यक्रममा अन्य क्रिटिक्स जुरी र ईन्करेजमेन्ट अवार्ड पाउने कलाकारहरु विरज महर्जन द विकल्प व्याण्ड समिक्ष चौधरी रामलाल चौधरी हरि उप्रेती गोविन्द गौतम विकाश चौधरी किरण अधिकारी जय देवकोटा राजु थापामगर

Must View