नागरिक पोष्ट News


नीलप्रसाद भण्डारीद्धारा लिखित ‘ठोकर्पा सामुदायिक वनः विश्वको पहिलो अभियान’ पुस्तक विमोचन

11.9K

वन तथा वातावरण मन्त्री  शक्ति बस्नेतले विश्व वातारण दिवस २०७५ को अवसरमा सामुदायिक वन अभियान्ता नीलप्रसाद भण्डारीद्वारा लिखित ‘ठोकर्पा सामुदायिक वनः विश्वको पहिलो अभियान’ पुस्तकको  विमोचन  गरेका छन् ।  मन्त्री बस्नेतले वन संरक्षणमा सामुदायिक वनको अवधारणाले सफलता प्राप्त गर्दै आएको चर्चा गर्दै विमोचित पुस्तकले सामुदायिक वनको विकासक्रमबारे जानकारी दिने वताउनुभयो । कार्यक्रममा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री शेरबहादुर तमाङले सिन्धुपाल्चोकाको विकासका लागि सुनकोशी तेस्रो जलविद्युत् आयोजनबारे नयाँ बजेटमा उचित सम्बोधन भएको जानकारी दिनुभयो । उहाँले सरकारले वृक्षरोपण गर्दा फलफुलको विरुवा पनि वृक्षरोपण गर्न प्राथमिकता दिएको चर्चा गर्दै सिन्धुपाल्चोकका वन संरक्षणमा पुस्तकका लेखकको महत्वपूर्ण योगदान रहेको बताउनुभयो ।

 पुस्तक विमोचनको क्रममा मन्त्री बस्नेतले वातावरण क्षेत्रलाई प्रदूषण गर्ने प्रमुख कारक तत्व यातायातका साधनबाट निस्कने धुँवालाई सरकारले नियन्त्रण गर्न शुरु गरेको बताए । सरकारले शहरलाई धुवाँ धुलोमुक्त बनाउने महाअभियान  शुरु गरेको छ, एक वर्षभित्र जनताले वातावरणका क्षेत्रमा उल्लेखनीय सुधारको प्रत्यक्ष अनुभूति गर्न पाउनेछन्, मन्त्री बस्नेतले भने ।

सो अवसरमा मन्त्री बस्नेतले पूर्व वन तथा भू संरक्षण मन्त्री अग्निप्रसाद सापकोटालाई सम्मान गर्नुभएको थियो । सम्मानित व्यक्तित्व सापकोटाले ठोकर्पा सामुदायिक वनलाई अन्तर्राष्ट्रिय सामुदायिक अध्ययन केन्द्रको रुपमा विकसित गर्न लागिएको जानकारी दिनुभयो । कार्यक्रममा पूर्वमन्त्री अमृतकुमार बोहरा, सहप्राध्यापक कूलप्रसाद पराजुली, सुनकोशी गाउँपालिकाका उपप्रमुख लक्ष्मी पौडेलले विमोचित पुस्तकमाथि समीक्षा गर्नुभएको थियो ।

Must View