नागरिक पोष्ट News


यो समाजमा भोलिपनि सयौ पूजा बोहोराहरु शिकार बनाइनेछन् यसको जिम्मेवार को हुने ?

9.7K

नेपाली समाजमा आफूले पनि केही नगर्ने र अरुले गरेको पनि देखी नसहने प्रबृत्तिको संस्कार पहिले देखिको हो । आफूले अनाथ असहायले बाटोमा ५ /१० रुपैंयाँ भिख माग्दा अपशब्द बोल्ने र समाजमा विशिष्ट व्यक्ति ठूले ठालो बन्ने कुनै नौलो कुरा होइन । एउटा अनाथ बालबालिका घरमा राखेर लालन पालन गर्न नसक्नेहरु अरुले समाजसेवा गरेको वर्षैको कामलाई एउटा समाचारको भरमा सिध्याउन षड्यन्त्रको तानाबाना बुनिरहन्छन्  सोहीको पहिलो शिकार भइन् समाजसेबी दिलशोभा श्रेष्ठ नानाभांती भने लेखे ।  दिलशोभालाई सिध्याउन लागि नै परे तर अन्तत दिलशोभाले जितिन् । नेपाली समाजका तिनै केही मान्छेहरु अर्की समाजसेबी बहिनी दीक्षा चापागाइमाथि खनिए । तर बहादुर दीक्षा अहिलेसम्म डटी रहेकी छिन ।  अनाथ असहाय बालवालिकको क्षेत्रमा लागिरहेको ह्याप्पी होमका सञ्चालक र समाजसेवी महिला पूजा बोहरामाथि पनि तिनै समाजका केही पात्रहरु सिध्याउन लागि परेका थिए । तर पछि सफल भएनन् । 

Singa Lama को फेसबुक कमेन्टबाट

 मागेको ल्यापटपमा ह्याक गरेको वाइफाइबाट चल्ने झोले-कोठे अन्लाईन मिडियाबाट साँचो पत्रकारिताको अपेक्षा गर्नु जसरी बेकार छ, त्यसरीनै आधारहीन समाचारको पछी लागेर समाज परिवर्तनका सम्वाहकहरुको आत्मबल गिराउने कुक्रित्यमा लाग्नु त्यत्तिकै निन्दनिय छ । कोही समस्यामा छन् भने कानुनी उपचार लिऊन्, तर प्रेस-मीटबाट सीधै फैसला गर्ने कार्यको अन्त गरौँ । यो समाजको कालो राक्षसी पाटोबाट भोलिपनी अनगिन्ती पूजा बोहोराहरु शिकार बनाइनेछन, त्यतीबेला यि रमितेहरुले सिन्को भाँच्लान ?

अहिले फेरी अर्की समाजसेबी बहिनी मेनुका थापा माथि जाइलागेछन तिनै मान्छेहरु । तिनीहरुको काम नै समाज भाँड्ने हो । जसरी हुन्छ जे हुन्छ समाजसेवालाई भाडभैलो गर्ने ।  तर समाजका यी खल पात्रहरुले  सडकका सोझा साझा मान्छेलाई हावा भरेर कतिदिन बेलुन उडाउने हुन्  । अनि नेपाली पत्रकारिताको एकपक्षीय रुपलाई नेपाली समाजले कसरी मूल्यांकन गर्ने हो । त्यस बारेमा सच्चा देशभक्त  नेपाली हामी सबैले मनन गर्न जरुरी छ ।  हे नेपाली पत्रकार अनि मिडिया पत्रकारीतको दुरुपयोग नगर, मेनुकाको बदनाम मात्र नगर । उनको कुरा पनि सुन र सुनाइदेउ । छानबिन भएर दोशी प्रमाणित नभए सम्म दोशी करार नगर । बदनाम नगर ।  फेरि पनि  नेपाली समाजका सयौं दीक्षा, मेनुकाहरुको चरित्र हत्यामा एकपक्षीय मिडियाको दुरुपयोग नहोस् । सत्य तथ्यलाई नबुझी कसैको उक्साहटमा नेपाली पत्रकारीताको शान नगिराऔं । पत्रकारीताको धर्मलाई पत्रकार र मिडिया हाउसले  कानून सम्वत पालना गरौं। 

Menuka Thapa

प्रेस विज्ञप्ति ..................... २०७५ साल जेष्ठ १३ गते आइतबारका दिन ११ बजेर ११ मिनेटमा मोवाइलमा कलेजबाट फर्कर्दैछु भन्ने म्यासेज पठाएर मोवाइल अफ गरी अचानक सम्पर्क विहिन भएकी हाम्री छोरी पुजा बोहोराले आइतबार दिँउसो ४ः३५ मा फोन गरेर घर आँउछु भनेकी थिइन् तर आइनन् । उनी सम्पर्क विहिन भइरहीन् र हामीले प्रहरीमा खोजतलासीको लागि निवेदन दियौ । यसरी नै १८ गते शुक्रबार बिहान पुनः ९ बजे फोन गरेर घर आँउदैछु भनेकीले हामीले दुवै पक्षको कुरा राखेर पत्रकार सम्मेलन गर्ने तयारी गरेयौ तर पनि उनी (पुजा बोहोरा) आइनन् र आज १९ गते शनिवार बिहान ८ बजेर ५८ मिनेटमा फोन गरेर घर आँउछु भनिन् तर फेरी आइनन् । पुनः १९ गते नै दिउँसो १ बजेर ५८ मिनेटमा फोन गरेर आँउछु भनेकी थिइन् तर अहिले सम्म आएकी छैनन् । हामी पुजा बोहोरा सहित प्रत्यक्ष पत्रकार सम्मेलन गरी हामी माथी लागेको आरोपलाइ खण्डन गर्न चाहेको कारण संस्थागत आधिकारी प्रेस विज्ञप्ती प्रकाशन गर्न ढिला भएको अवगत् गराउदछौ । यसबाट हाम्रा सहयोगी हातहरु,मनहरु र भलो चाहाने मित्रजन प्रति पर्न गएको दुविधा तथा मानसिक तनाव प्रति क्षमा प्राथी छौ ।  .................................. प्रेस बिज्ञप्ति पूर्ण पाठ ......................

Must View