नागरिक पोष्ट News


एसएसपी खत्रीको बयान : यो पनि होइन त्यो पनि होइन भन्छन्, थुनामा राख्न अदालतको आदेश

2.9K

सुन तस्करी काण्डका अभियुक्त एसएसपी श्याम खत्रीले आफू सुन तस्करीमा संलग्न नरहेको बताएका छन् । बिहीबार मोरङ जिल्ला अदालतमा  आत्मसर्पण गरेका उनले बयानका क्रममा उनले सुन नै नभेटिएको अवस्थामा तस्करी भएको भन्ने कुरा नै पुष्टि हुँदैन भने ।  आत्मसमर्पण गरेलगत्तै उनलाई न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बयानका लागि लगियो । उनले करिब ५ घण्टा बयान दिए । बयानमा उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन तस्करी भएको कुरा मलाई थाहै छैन, भने । सुन तस्करहरुलाई सघाए वापत रुपैयाँ लिने गरेको कुरा पनि साँचो हुँदै होइन, भन्दिए खत्रीले ।

अभियोगमा भने अनुसार उनीबाट केही कुरा बकाउन सकेन अदालतले । उनले बयानमा यो पनि होइन त्यो पनि होइन भनेपछि थप अनुसन्धानका लागि थुनामा राख्न आदेश दिइएको हो ।  खत्रीको बयान सकिएपछि सरकारीपक्षबाट जिल्ला न्यायाधिवक्ता पुण्यप्रसाद पाठकले बहस गरे । खत्रीका तर्फबाट अधिवक्ता हेमराज पन्तले बहस गरे । 

किलोका–किलो सुन तस्करीमा मुछिएपछि उनी फरार रहे । फरार भएपछि प्रहरी प्रधान कार्यालयले खोजीका लागि सूचना जारी थियो । खत्री कयौँ सयम भारतको देहरादुनमा लुके ।एसएसपी खत्री २०७३ पुस २१ गते दुबईबाट विमानस्थल हुँदै आएको तस्करीको ३३ किलो सुन काण्डमा पनि पक्राउ परेका थिए । २०७३ चैत ४ गते काठमाडौं जिल्ला अदालतका न्यायाधीश दीपेन्द्र अधिकारीको इजलासले खत्रीलाई २ लाख रूपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

Image result for sssp shyam khatri

यो मुद्दामा पूर्व डिआईजी गोविन्दप्रसाद निरौलासहित २८ अभियोगिलाई यसअघि नै अदालतले थुनामा राखेर छानविन गर्न भनिसकेको छ । यसअघि थुनामा परेकाहरु सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा छन् । 

प्रहरीले नियन्त्रणमा लिएका ३० अभियोगि मध्ये एसएसपी खत्रीका चालक एवं प्रहरी जवान बिष्णुबहादुर खड्का जिल्ला अदालतबाट १५ हजार रुपैयाँ धरौटीमा रिहा भए ।

साढे ३३ केजी सुन तस्करी प्रकरणमा संलग्न  वरिष्ठ प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीलाई बिहिवार जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहवरमा बिहिवार खत्रीसँग १२ पृष्ठको बयान लिइएपछि थुनछेकको बहस भएको थियो । त्यसपछि न्यायाधीश शर्माले उनलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेका थिए ।  गत वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयले जिल्ला अदालत मोरङमा खत्रीलगायतमाथि १७ अर्ब एक करोड ८० लाख १३ हजार ४९० मूल्य बराबरको ३७ लाख ९९ हजार ५५९ ग्राम सुनको अवैध कारोवार गरेको भनेर बिगोसहितको अभियोग दर्ता गरेको थियो ।

Must View