नागरिक पोष्ट News


यसो गरे सास गन्हाउने समस्याबाट छुटकारा पाइन्छ

3.1K

सास गन्हाउने समस्याबाट छुट्कारा पाउन फ्लोराइडयुक्त दन्तमञ्जन प्रयोग गरी सही तरिकाले दिनको दुईपटक दाँत माझ्नुपर्छ ।  ब्रस नपुग्ने ठाउँमा डेन्टल फ्लस नियमित रूपमा प्रयोग गर्नुपर्छ ।

दुईवटा दाँतको बीचमा ग्याप भए इन्टर डेन्टल ब्रस प्रयोग गर्न सकिन्छ । यसका साथै जिब्रो पनि क्लिनरले सफा गर्नुपर्छ । 

गिजाबाट रगत आएर पनि सास गन्हाउने समस्या सिर्जना हुन्छ । त्यसैले प्रत्येक ६–६ महिनामा डेन्टिसकहाँ गएर दाँत सफा गराउनुपर्छ ।

अन्य रोगका कारण पनि सास गन्हाउने भएकाले यसमा चिकित्सकको सल्लाह लिन सकिन्छ । 

 

Must View